×

NMB BANK
NIC ASIA

अमेरिकी सेनाका लागि अनुवादको काम गर्ने अफगानलाई तालिबानले गर्‍यो हत्या

साउन ८, २०७८

NTC
Premier Steels

गत ईदमा उत्सव मनाउनका लागि सोहेल पार्दिस काबुलमा रहेको घरबाट नजिकैको खोस्त प्रान्ततर्फ गाडी चलाएर गइरहेका थिए । 

Muktinath Bank

परिवारसँग रमाइलो समय बिताउने अवसर थियो । तर मे १२ मा उनले पाँच घन्टाको यात्रामा मरुभूमि पनि पार गर्नुपरेको थियो । उनको गाडीलाई एउटा चेकपोइन्टमा तालिबान लडाकूहरूले रोके । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसको केही दिनअघि पार्दिसले तालिबानबाट मारिदिने धम्की आइरहेको आफ्ना साथीलाई बताएका थिए । उनले अमेरिकी सेनाका लागि १६ महिनासम्म अनुवादकको काम गरेको तालिबानले थाहा पाएको थियो । 


Advertisment
Nabil box
Kumari

‘तँ अमेरिकाको जासूस होस्, अमेरिकीहरूको आँखा होस्, काफिर होस्, हामी तँलाई र तेरो परिवारलाई मारिदिन्छौं,’ तालिबानले यसो भनेर धम्की दिएको उनले आफ्ना साथी तथा सहकर्मी अब्दुल्लाह अयूबीलाई सुनाएका थिए । 

Vianet communication

चेकपोइन्टमा पार्दिसले गाडीको एक्सलरेटर थिचेर हुँइक्याएका थिए । पछि उनी मृत अवस्थामा भेटिए । 

घटनाका प्रत्यक्षदर्शी गाउँलेहरूले रेड क्रिसेन्टलाई बताएअनुसार, तालिबानले उनको गाडीमा गोली प्रहार गरेको थियो । त्यसपछि लडाकूहरूले उनलाई गाडीबाट बाहिर निकाले अनि टाउको काटिदिए । 

अमेरिकी सेनाका लागि अनुवादकको काम गर्ने हजारौंमध्ये पार्दिस पनि एक थिए । तालिबानले देशका विभिन्न भागमा कब्जा गर्ने क्रममा अनुवादकहरूलाई खोजीखोजी मारिरहेको छ । 

गत जुन महिनामा तालिबानले एक बयान जारी गरेर विदेशी सुरक्षाबलसँग मिलेर काम गर्नेहरूलाई हानि नगर्ने बताएको थियो । तालिबानका एक प्रवक्ताले घटनाको पुष्टिका लागि कोशिश गरिरहेको तर सबै घटना बताइएजस्तो नहुने भनी सीएनएनलाई प्रतिक्रिया दिएका छन् । 

अमेरिकी सेनाका लागि काम गर्ने लगभग १८ हजार अफगानहरूले विशेष आप्रवास प्रवेशाज्ञाका लागि निवेदन दिएका छन् । त्यो पाएमा उनीहरू अमेरिका जान पाउँछन् । 

जुलाई १४ मा ह्वाइट हाउसले अपरेसन अलाइज रिफ्युज नामक कार्यक्रम शुरू गर्ने बताएको थियो । अमेरिकाका लागि काम गरेका तथा ज्यान जोखिममा परेका अनुवादकहरूलाई सुरक्षित स्थानमा लग्ने योजना अमेरिकाले बनाएको हो । 

जुलाई महिनाको अन्तिम साताबाट उनीहरूलाई सार्ने काम थालिनेछ, ह्वाइट हाउसकी प्रेस सचिव जेन पिसाकीले बताइन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x