×

NMB BANK
NIC ASIA

ठाकुर पक्षमा लागेका १६ जना सदस्यलाई हटाएर नयाँ थप्न जसपामा चर्को माग

साउन १२, २०७८

NTC
Premier Steels

जनता समाजवादी पार्टी (जसपा) नेपालको मंगलवार बसेको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादव पक्षमा नलागेर अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा हस्ताक्षर गरेका १६ जना कार्यकारिणी सदस्यलाई हटाउने कि नहटाउने विषयमा छलफल भएको छ ।

Muktinath Bank

दलको आधिकारिकता पाएपछि जसपा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकमा सनाखत नगर्ने १६ जनालाई अहिले नै कारवाही गरेर निष्कासन गर्ने वा दल दर्ता गरेपछि कारवाही गर्ने विषयमा बहस केन्द्रित भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा उपस्थित एक जना कार्यकारिणी सदस्यका अनुसार मंगलवारको बैठकमा पूर्व समाजवादी पार्टीका सदस्यभन्दा पनि पूर्व राजपाका सदस्यहरूले नै तत्काल कारवाही गरेर निष्कासन गर्नुपर्ने कुरा चर्को तरिकाले उठाएका थिए, केही सदस्यहरूले महन्थ ठाकुर पक्षका १६ जना सदस्यलाई पार्टीमा आउन मौका दिनुपर्ने कुरा गरे पनि पूर्व राजपाका सदस्यहरूले आउन दिन नहुने तथा कारवाही गरेर निष्कासन गर्नुपर्ने माग गरेका छन् ।


Advertisment
Nabil box
Kumari

पार्टीको बैठक सञ्चालन भएलगत्तै संसदीय दलको संशोधित विधान अनुमोदनसहित निर्वाचन समिति घोषणा भएको थियो । नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य रहने निर्वाचन समिति गठन गर्ने निर्णय गरिएको थियो । जसपाको तर्फबाट स्थानीय तहमा निर्वाचित तर अन्य पार्टीमा गएका जनप्रतिनिधिलाई पदमुक्त गर्नका लागि निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय भएको थियो ।

Vianet communication

‘३ वटा निर्णय त बैठक शुरू भएको केही क्षणमै भएको थियो, त्यसमा धेरै समय नै लागेन,’ ती कार्यकारिणी सदस्यले लोकान्तरसँग भने, ‘तर ठाकुर पक्षका १६ जनालाई अब के गर्ने भन्ने विषयमा नै धेरैजसो सदस्यले लामो–लामो चर्को–चर्को कुरा राख्नुभएको थियो ।’

कतिपयले अहिले नयाँ दल दर्ता नगरिसकेकाले तत्काल नै कारवाही गर्न नहुने धारणा समेत राखेका थिए तर पूर्व राजपाबाट कित्ता परिवर्तन गरेर आधिकारिक पार्टीको रूपमा सनाखत गरेका सदस्यहरूले आजकै बैठकबाट कारवाही गरिनुपर्ने तर्क राखेका थिए । 

कार्यकारिणी सदस्य इस्तियाक राईका अनुसार कार्यकारिणी समितिको बैठकमा १६ जनालाई कारवाही गरेर नयाँ थप १६ जनालाई राख्नुपर्ने कुरा उठेको बताए । ‘यसअघि नै निर्वाचन आयोगमा उहाँहरूले अब सँगै बस्न नसकिने भनेर लिखित कागज नै पेश गरिसक्नुभएकाले उहाँहरूको ठाउँमा थप नयाँ १६ जनालाई राख्नुपर्ने कुरा उठेको थियो,’ राईले भने, ‘भोलिको कार्यकारिणी समितिको बैठकमा त्यस विषयमा कुनै निर्णय हुनसक्छ ।’

लुम्बिनी प्रदेशमा ३ जना मन्त्रीहरूलाई यसअघि नै स्पष्टीकरण सोधेर पार्टीले कारवाही गरिसकेको हुनाले उनीहरू स्वतः पदमुक्त भइसकेका उनले बताए । त्यसबाहेक बारा जिल्लासहित अन्य केही जिल्लाका स्थानीय तहमा करीब १५ जना जनप्रतिनिधि अन्य पार्टीमा लागेका हुनाले पदमुक्त गरी  कारवाही गर्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय भएको उनले बताए ।
 
१६ जना कार्यकारिणी सदस्यलाई हटाएर नयाँ थप्ने विषयमा कानून व्यवसायीसँग समेत छलफल गरेर निर्णय लिने उपेन्द्र यादवले बताएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x