![अफगानिस्तानबाट सुरक्षित नेपाली भूमि टेक्नेहरू [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/Afganistan_22_9WIm1ve5BT.jpg)
अफगानिस्तानको काबुलबाट आएका १२७ जना नेपाली सुरक्षित नेपाल आइपुगेका छन् । जजिरा एअरमार्फत उनीहरू मंगलवार बिहान साढे १० बजे त्रिभुवन विमानस्थलमा उत्रिएका हुन् ।
उनीहरूलाई क्वारिन्टनको लागि सामाखुसीस्थित राधा स्वामी आइसोलेसन सेन्टरमा लगिएको छ ।
उनीहरूले त्यहाँको अवस्था नाजुक रहेको बताए । आफूहरू अमेरिकी दूतावासको सुरक्षा क्याम्पमा रहेका कारण सुरक्षित ढंगले फर्किन सफल भए पनि बाहिरको अवस्था नाजुक रहेको उनीहरूको भनाइ छ ।
अफगानिस्तानमा रहेको नेपालीहरूको चाँडो उद्धार गर्नुपर्ने उनीहरूले बताएका छन् ।

















