![बुनुको ‘तिमी मेरो हुन सकेनौ’ [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/timi-mero-huna-sakenau_d0G2SWrD5a.jpg)
गायिका बुनु श्रेष्ठको स्वरमा रहेको गीत ‘तिमी मेरो हुन सकेनौ’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतकार नरेश प्रधानको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ ।
रिदम कँडेलको संगीत संयोजन रहेको उक्त गीतमा साउण्ड इन्जिनियर महेश्वरमान राजभण्डारीको ध्वनि मुद्रण रहेको छ।
मनोज राजभण्डारीको निर्देशन रहेको उक्त वियोगान्त प्रेमकथामा आधारित म्युजिक भिडियोमा निराजन प्रधान र करुणा श्रेष्ठको अभिनय छ ।
भिडियोमा दीपेन बस्नेत र सास्वत श्रेष्ठको छायांकन तथा मेरोन राजभण्डारीको कथा एवं सम्पादन रहेको छ ।
मेल, फिमेल र डुएट गरी ३ संस्करणमा सार्वजनिक हुने उक्त गीतको मेल भर्जनको म्युजिक भिडियोलाई स्टुडियो साउण्ड मिलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।