
दीपक पाठक र टीका प्रसाईंको स्वरमा रहेको ‘कति राम्रो सुहाएको’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
द कार्टुन्ज क्रु को युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो ।
भिडियो सार्वजनिक नभएको चार घण्टा नबित्दै गीतले ६० हजार बढी भ्यूज पाएको छ ।
भिडियोका सरोज अधिकारी, आश्मा विश्वकर्मालगायतको अभिनय छ । दीपक पाठकको शब्द र संगीतमा रहेको गीतमा भीम मगरको र्याप छ ।
म्युजिक भिडियोमा कोरियोग्राफी पेम्बा मगर र आश्मा विश्वकर्माको रहेको छ भने कन्सेप्ट र निर्देशन सरोज अधिकारीको रहेको छ । गीतको एरेन्ज विश्व अधिकारीले गरेका हुन् ।
डान्सिङ नम्बरको यो गीत मायाप्रेमसँग सम्बन्धित छ ।