×

NMB BANK
NIC ASIA

बढ्न थाल्यो दशैंलक्षित हवाइ बूकिङ, दशैंअघिका ४ दिनको ४० प्रतिशत टिकट बिकिसक्यो !

असोज ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

दशैं नजिकिएसँगै काठमाडौं उपत्यका छाड्नेहरूको भीड बढ्न थालेको छ ।

Sagarmatha Cement
Muktinath Bank

पछिल्ला दिनहरूमा हवाइ मार्ग हुँदै काठमाडौंबाट बाहिरिनेको संख्या बढ्न थालेको वायु सेवा कम्पनीहरूले जनाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगतका दिनहरूमा भन्दा अहिले काठमाडौंबाट घर फर्कने यात्रुहरूको संख्या बढेको छ, यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले लोकान्तरसँग भने । 


Advertisment
Nabil box
Kumari

उनका अनुसार अहिले प्रायजसो उडानमा करीब ९० प्रतिशत सीट भरिएका हुन्छन् ।  

Vianet communication
Laxmi Bank

बढ्दै बूकिङ, तर विगतको भन्दा कम !

पछिल्ला दिनहरूमा कतिपयले दशैंपछिसम्मका लागि पनि टिकट बूकिङ गरिसकेका छन् । 

श्री एयरलाइन्सका कर्पोरेट व्यवस्थापक अनिल मानन्धरले पछिल्ला दिनहरूमा टिकट बूकिङहरू बढ्दै गइरहेको बताए । 

उनका अनुसार अहिले दशैंका लागि करीब ३० देखि ४० प्रतिशतको हाराहारीमा टिकट बूकिङ भइसकेको छ ।

‘अहिले नै कतिपयले दशैंपछिसम्मका लागि पनि बूकिङ गरेका छन्,’ उनले भने,‘ हाम्रोमा बढी मात्रामा विभिन्न ग्रुपहरूले टिकट काटेका छन् ।’

यता बुद्ध एयरले पनि अहिले दशैंका लागि बूकिङ भइरहेको जनाएको छ ।

करीब १० देखि १५ प्रतिशतको हाराहारीमा टिकट बूकिङ भएको बुद्ध एयरका रुपेश जोशीले लोकान्तरलाई जानकारी दिए । 

उनले अहिले धेरै बूकिङ भइनसकेको भन्दै दशैंको करीब १५ दिन अघिदेखि बूकिङमा चाप आउने बताए । 

यसपालिको दशैंका लागि सौर्य एयरलाइन्सले सेप्टेम्बर १५ देखि नै टिकट बूकिङ खुलाएको थियो । 

बूकिङ खुलाए पनि दशैंका लागि भने टिकट लिनेहरूको त्यति चाप भइनसकेको एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनाल बताउँछन् । 

उनका अनुसार, विगतको तुलनामा अहिले टिकट बूकिङ निकै न्यून छ । कोरोना महामारीका कारण बूकिङ विगतको जस्तो नभएको उनको बुझाइ छ । 

यद्यपि अबको एक हप्तापछि बूकिङको चाप बढ्ने अपेक्षा रहेको बजार व्यवस्थापक खनाल सुनाउँछन् । 

उनले भने, ‘पहिला यतिखेर निकै टिकट गइसकेको हुन्थ्यो, तर अहिले त्यस्तो गएको छैन ।’

कोरोनाका कारण मात्र नभएर अहिले कक्षा १२ को परीक्षाका कारण पनि टिकट बूकिङ कम भएको बजार व्यवस्थापक खनालको बुझाइ छ । 

अहिले कक्षा १२ को परीक्षा सकिएपछि प्रायः परिवार दशैं मान्नका लागि आफ्नो गाउँ फर्कने अवस्था रहेको छ । 

यता, दशैं मनाउनका लागि विदेशमा काम गर्न गएका नेपालीहरू पनि फर्कने क्रम जारी छ । 

उनीहरू फर्किसकेपछि पनि टिकट बूकिङ बढ्ने खनाल बताउँछन् ।  

बजार व्यवस्थापक खनाल भन्छन्, ‘विदेशमा काम गर्ने नेपाली नागरिकहरू पनि विदेशबाट फर्कने क्रम जारी छ, उनीहरू आएपछि मात्रै टिकट बूकिङ बढ्ने देखिन्छ, हामी यसकै प्रतिक्षामा छौँ ।’  

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले पनि अहिले बूकिङ बढ्दै गइरहेको बताए ।

अनलाइनबाट टिकट काट्ने परिपाटीको विकास हुँदै जाँदा अहिले बूकिङ बढिरहेको उनको बुझाइ छ । 

एयरलाइन्सले दशैंलक्षित बूकिङ मात्रै पनि करीब २५/३० प्रतिशत गरिसकेको बर्तौलाले जानकारी दिए । 

उनले भने, ‘हामीले विशेष गरी ४ दिनलाई दशैं लक्षित बूकिङ भन्छौँ । हाम्रोमा करीब २५/३० प्रतिशत यस्तो बूकिङ भइसकेको छ ।’

अहिले सामान्य उडान मात्रै पनि करीब ९० प्रतिशत अकुपेन्सीमा भइरहेको उनले बताए ।

यस्तै एयरलाइन्सले दशैंका लागि दिनको ४ वटा उडान थप्ने तयारी गरेको छ, जसका लागि उसले नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको प्रवक्ता बर्तौलाले जानकारी दिए । 

यतिले अहिले दैनिक २१ उडान गरिरहेको छ । 

फेरियो ट्रेन्ड

विगतमा भन्दा यसपालि दशैंमा घर जानेहरूको ट्रेन्ड फेरिएको छ । अहिले विद्यार्थीहरू प्रायजसो गाउँ अथवा काठमाडौं उपत्यकाभन्दा बाहिर नै रहेका छन् । 

काठमाडौंमै रहेका कतिपय विद्यार्थीहरूले पनि अनलाइन माध्यममा पढिरहेका छन् । उनीहरूलाई गाउँमै गएर पढ्ने विकल्पहरू समेत रहेकाले कतिपय भने अहिले नै घर गइसकेका छन् । 

विगतमा दशैं आउने २०/२२ दिन अगाडिदेखि नै हवाई टिकट बूकिङका लागि भीड लाग्ने गरेको थियो । अहिले भने विद्यार्थीहरू उपत्यकाबाहिर नै रहेकाले त्यस्तो नदेखिएको यति एयरलाइन्सका बर्तौलाले लोकान्तरसँग भने । 

यस्तै अहिले सबै एयरलाइन्सहरूसँग विगतका भन्दा ठूला जहाज छन् । 

विशेषगरी यी २ कारणले गर्दा पनि यस वर्षको दशैंमा टिकट नपाइने स्थिति नरहेको बर्तौला बताउँछन् । 

धेरैले मागे दशैंका लागि उडान अनुमति 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले उडान अनुमतिका लागि धेरैले माग गरेका छन् । 

कम्पनीहरूले आफ्नो आवश्यकता अनुसार थप गरिरहेका छन् ।

कम्पनीहरूले प्रायः १ देखि २ वटासम्म र कुनै–कुनै एयरलाइन्सहरूले ४ वटासम्म पनि उडान थप्न अनुमति मागेको प्राधिकरणले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x