×

NMB BANK
NIC ASIA

राष्ट्र बैंकको नीति : एक्सटेन्सन काउन्टर खोल्न स्वीकृति, साधारणसभामा भाग लिन कडाइ

असोज २५, २०७८

NTC
Premier Steels

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रति शेयर आम्दानी सार्वजनिक गर्न निर्देशन दिएको छ।

Muktinath Bank

अबदेखि बैंक तथा वित्तीय संस्थाले प्रति शेयर आम्दानी वार्षिक रुपमा गरेर प्रकाशन गर्नु पर्नेछ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्र बैंकले 'स्टेटमेन्ट अफ अदर कम्प्रिहेन्सिभ इनकम' मा लेखांकन भएको आयलाई वितरण गर्दा वितरण हुने रकमको २० प्रतिशत जगेडा कोषमा जम्मा गर्नु पर्नेछ। बाँकी रहेको ८० प्रतिशत मात्र वितरण गर्न पाइने छ।


Advertisment
Nabil box
Kumari

यस्तै राष्ट्र बैंकले साधारणसभामा भाग लिन वा छलफलमा सहभागिता जनाउन पनि सर्तहरु राखेको छ। आफू र बैंक तथा वित्तीय संस्थाको बीचमा भएको वा हुने कुनै सर्त बन्देजको सम्बन्धमा हुने छलफलमा कुनै व्यक्तिले सेयरधनीको हैसियतबाट आफैं वा आफ्नो प्रतिनिधिद्वारा साधारण सभामा भाग लिन र मतदान गर्न नपाउने भएको छ।

Vianet communication

बैंक तथा वित्तीय संस्थामा आफूले लिएको शेयर धितो वा बन्धक राखी ऋण लिने सेयरधनीले त्यस्तो ऋण भुक्तान नगरेको कारणबाट निजउपर कानूनी कारबाही चलाई सेयरबापत मतदान गर्नबाट रोक लगाउन सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट लेखिई आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट त्यस्तो सेयरधनीलाई निजले लिएको सेयरबापत ऋण चुक्ता नभएको अवधिभर मतदान गर्नबाट रोक लगाउनु पर्नेछ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ को खण्ड 'ख', 'ग', 'घ' तथा 'ङ' बमोजिमको कारबाहीमा परेका सञ्चालक/सेयरधनी वा निजको प्रतिनिधिले कारबाही भएको मितिले एक वर्ष मतदान गर्न पाउने छैन।

राष्ट्र बैंकले एक्सटेन्सन काउन्टर खोल्न कडाइ गरेको छ। काठमाडौं उपत्यका र महानगरपालिका एक्सटेन्सन काउन्टर खोल्न राष्ट्र बैंकको स्वीकृति अनिवार्य गरिएको छ।

सम्पर्क कार्यालय खोल्न पनि कडाइ गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा खोल्न परे स्वीकृति पर्दैन। बाँकी प्रदेशमा राष्ट्र बैंकसँग स्वीकृति लिनु पर्नेछ। सम्पर्क कार्यालयले निक्षेप संकलन र ऋण दिने काम गर्न पाउने छैन।

कुनै पनि प्रकारको कर्जा आधार दरभन्दा तल दिन नपाइने व्यवस्था गरिएको छ। यसअघि विपन्न वर्गमा जाने ऋणको ब्याज आधार दरभन्दा पनि तल दिन पाइने व्यवस्था थियो।

अब १० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका खाताहरु बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक सूचना प्रकाशित गरी बन्द गर्न सक्ने भएका छन्।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x