×

NMB BANK
NIC ASIA

सुकुमबासी वस्तीको दशैं कथा- 'हाम्रा लागि के दशैं के तिहार' [भिडियो]

असोज २७, २०७८

NTC
Premier Steels

गाउँघर, शहरबजार जताततै दशैंको माहोल छ । दशैंमा नयाँ लुगा लगाउने, मीठोमसिनो खाने, आफन्तजनसँग बसेर रमाइलो गर्ने गरिन्छ । काममा बाहिर रहनेहरू पनि दशैंको मौकामा घर फिर्छन् । 

Muktinath Bank

तर, थापाथलीस्थित सुकुम्वासी बस्तीमा बस्ने ५७ वर्षीया जानुका पोखरेलका छोरा भने ८ वर्ष भइसक्दा पनि घर फर्केका छैनन् । कारणबारे जानुका भन्छिन्, ‘जेठो छोरो यहाँको दुःख देखेर नेपाल फर्किनै मान्दैन, उसलाई दशैंमा टीका नगलगाएको ८ वर्ष भइसक्यो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी यो वस्तीमा बस्न थालेको १४ वर्ष भयो । मोरङकी उनी जग्गाजमिन केही नभएपछि श्रीमान् र बालबच्चासहित यहाँ आएकी रहिछन् । 


Advertisment
Nabil box
Kumari

‘घरबहालमा बस्दै आएकी थिएँ, २०६४ मा माओवादीले यो जग्गामा भूमिहीनलाई बस्ने व्यवस्था गरेपछि यहाँ आएकी हुँ,’ उनले भनिन् । जसोतसो कमाएको रकम र ऋण गरेर उनले घर नबनाएको पनि होइन । तर, बाबुराम भट्टराई सरकारका पाला घर भत्काइदिएपछि उनी फेरि घरबारविहीन भइन् । 

Vianet communication

त्यतिबेलादेखि उनलाई दशैं दशैंजस्तो लाग्दैन रे । भन्छिन्, ‘सुकुम्वासीका लागि दशैं के राम्रो हुनु ?’

उनीजस्तै थुप्रै सुकुम्वासीहरू बस्ने वस्तीमा दशैंले छोएको छैन । सुनसान छन् । अन्य दिन जसरी बित्थ्यो, चाडपर्वका बेला पनि उसै गरी विना रमाइलो बिताइरहेछन् सुकुम्वासीहरू । 

बल्खु पुलस्थित सुकुम्वासीवस्तीमा भाडा तिरेर बस्ने सुशीला बोम्जनलाई पनि दशैं रमाइलो लागेको छैन । ‘श्रीमान ज्यालामजदुरी गर्नुहुन्छ, त्यो पनि एक दिन काम भयो भने पाँच दिन काम हुँदैन,’ उनले भनिन्, ‘अनि हाम्रा लागि के दशैं के तिहार ?’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x