कोरोनाविरुद्धको कुन खोप कतिलाई ?

कोरोनाविरुद्धको कुन खोप कतिलाई ?
फाइल तस्वीर।

नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या बढ्दै गएको छ । हालसम्म ६४ लाख ६९ हजार १५९ जनाले पूर्ण खोप लगाएका छन् । ८३ लाख ८८ हजार ४०२ जनाले खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


Advertisement

यसरी हेर्दा हालसम्म पहिलो मात्रा लगाउने कुल जनसंख्याको ३८.६ प्रतिशत छन् भने पूर्ण मात्रा लगाउने २९.७ प्रतिशत छन् । 


Advertisement

मन्त्रालयका अनुसार अस्ट्राजेनेका तथा कोभिशिल्ड खोपको पहिलो मात्रा लगाउनेको संख्या २८ लाख २८ हजार १९९ छ भने दोस्रो मात्रा १५ लाख ५३ हजार ३९६ जनाले लगाएका छन् । 

त्यस्तै चिनियाँ खोप भेरोसेलको पहिलो मात्रामा ५५ लाख ६० हजार २०३ जनाले लगाएका छन् । दोस्रो मात्रा ३३ लाख ७७ हजार ५४६ जनाले लगाएको मन्त्रालयको भनाइ छ । 


Advertisement

अमेरिकी कम्पनीले उत्पादन गरेको खोज जे एण्ड जे खोप (पूर्ण मात्रा) १५ लाख ३८ हजार २१७ जनाले लगाएका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्