११ असार २०८३, बिहीबार

उडिरहेको विमानभित्र यी यात्रीले एयरहोस्टेजलाई २ मुक्का हाने

कात्तिक १२, २०७८
उडिरहेको विमानभित्र यी यात्रीले एयरहोस्टेजलाई २ मुक्का हाने

अमेरिकामा एक विमान यात्राको क्रममा एक यात्रुले एयरहोस्टेसमाथि मुक्का हानेका छन् । 

घटनापछि न्यूयोर्क सिटीबाट क्यालिफोर्नियाको ओरेन्ज काउन्टी गइरहेको अमेरिकन एयरलायन्सको विमान आकस्मिक अवतरण गराइएको थियो । 

विमानमा अन्य यात्रुका अनुसार पुरुष यात्रुले आफ्नो मास्क लगाउने विषयमा विवाद गरेर एयर होस्टेजको अनुहारमा २ मुक्का हानेका थिए । 

यसपछि अमेरिकन एयरलायन्सको उडान ९७६ को पाइलट डेनवरले इन्टरनेशनल एयरपोर्टमा विमानको आपतकालिन अवतरण गरेका थिए ।

विमानमा यात्रा गरेका एक यात्रुका अनुसार मुक्का प्रहारपछि एयर होस्टेजको मास्कबाट रगत समेत बगेको थियो । 

घटनामा संलग्न व्यक्तिको नाम सार्वजनिक गरिएको छैन । 


 

salt training

कमेन्ट गर्नुहोस्