×

NMB BANK
NIC ASIA

हराएको मोटरसाइकल तीन वर्षपछि भेटिँदा काठमाडौंका धर्मेन्द्र थापा खुशीले गदगद देखिए । मोटरसाइकल बुझ्ने बेलामा खुशीले पुलकित थिए । 

Muktinath Bank

मोटरसाइकल बुझ्न शुक्रबार महानगरीय ट्राफिक प्रहरी परिसर आइपुगेका थापाले भने, ‘प्रहरीप्रति विश्वास भएको कारण मोटरसाइकल भेटिएला भन्ने झिनो आशा बाँकी थियो । मोटरसाइकल भेटिएकोमा आज असाध्यै खुशी छु ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जीवनको संघर्षमय समयमा उनले ऋण खोजेर मोटरसाइकल किनेका थिए । उनको दुःख सुखको सारथी थियो मोटरसाइकल । 


Advertisment
Nabil box
Kumari

थापा भन्छन्, ‘असाध्यै दुःखमा किनेको बाइक हो । दुःखमा साथ दिएको जेसुकै कुरा होस् त्यसको असाध्यै माया लाग्छ ।’

Vianet communication

हुन त उनले यस बीचमा दुई वटा स्कूटर र एउटा कार पनि किनिसकेका छन् । तर, संघर्षमय बेलाको सारथि भएकाले उनले त्यो मोटरसाइकल भने बिर्सन सकेका थिएनन् ।  

‘म सामान्य व्यापार गर्थेँ तर पैसा थिएन । कामको  सिलसिलामा नभई नहुने भएपछि ऋणै गरेरै मोटरसाइकल किनेको  थिए,’ थापाले लोकान्तरसँग खुशी हुँदै भने, ‘मेहनतले ऋण तिरेको भएर होला तीन वर्षपछि भए पनि मोटरसाइकल फर्केर आयो ।’

उनले हाँस्दै उक्ति सुनाए, ‘मेहनतले किनेको सुन बगरमा हराए पनि सुनै हो भेटिन्छ ।’

न्यूरोडमा सामान किन्न लिएर गएको बजाजको एनएस मोटरसाइकल प्रहरीले बा ९१ प ७८३३ नम्बर रूपमा फेला परेको थियो । तर, मोटरसाइकलको वास्तविक नम्बर भने बा ६८ प ७५३२ हो । मोटरसाइकलको नम्बर नै परिवर्तन गरेर कसैले चलाइरहेको थियो । चेकजाँचको क्रममा प्रहरीले उक्त मोटरसाइकल फेला पारेको थियो ।  

महाशाखाले शुक्रवार विभिन्न समयमा हराएका १५ वटा मोटरसाइकल र ८ वटा स्कूटर गरी २३ वटा सवारी वास्तविक धनीलाई हस्तान्तरण गरेको छ ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले हराएका मोटरसाईकल खोजतलास एवं चोरी नियन्त्रण गर्न निरन्तर लागिपरेको बताउँदै मोटरसाइकल हराउनै नदिनको लागि सबैको सहयोग आवश्यक रहेको बताए । ‘सबैको हातेमालो आवश्यक छ । विशेषगरी सवारी धनी थप सजक र जिम्मेवार हुनुपर्छ,’ भट्टराईले बताए ।

विशेष सूचना संकलन र निगरानी गरी हराएका मोटरसाइकलहरू उपत्यका तथा आसपासको इलाकाबाट बरामद गरिने र चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारवाहीका लागी तत्कालै विभिन्न प्रहरी वृत्तहरूमा पठाउने गरेको महाशाखाले बताएको छ । 

पछिल्लो समयमा भने स्कूटर चोरीका निवेदनहरू बढ्न थालेको प्रहरीले बताएको छ ।

धेरैजसो स्कूटर चालकहरूले सवारी दर्ता किताब (ब्लू–बुक) डिक्कीमै राख्ने गर्छन । कतिपय अवस्थामा साँचोसहित स्कूटरहरू हराउने हुँदा चोरी पश्चात नम्बर प्लेट परिवर्तन नगरी निर्वाध रूपमा चलाउने र चेक जाँचको क्रममा सक्कली ब्लू–बुक देखाउने हुँदा चोरीको हो वा होइन भन्ने पत्ता लगाउन समस्या पर्ने ट्राफिक प्रहरीहरूले बताउने गरेका छन् ।

सवारीसाधन हराउनबाट जोगिनका  लागि जथाभावी, एकान्त स्थान र लामो समयसम्म पार्किङ नगर्न र थप अतिरिक्त सुरक्षाका उपायहरू प्रयोग गर्न समेत ट्राफिक महाशाखाले अनुरोध गरेको छ ।

चालु आर्थिक वर्षमा हराएका ३८७ मोटरसाइकलमध्ये १७१ मोटरसाइकल नियन्त्रणमा लिएको र १६८ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले बताएको छ । 

मोटरसाइकल चोरीमा संलग्न १९ जनालाई चोरीका मोटरसाइकलसहित सम्बन्धित प्रहरी वृत्तहरूमा कारबाहीको लागी पठाएको महाशाखाले बताएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x