×

NMB BANK
NIC ASIA

युक्रेनका राष्ट्रपतिले लगाए रुसले कू गराउन खोजेको आरोप

मंसिर १२, २०७८

NTC
Premier Steels

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले आफूविरुद्ध रुसले कू गराउन खोजेको आरोप लगाएका छन् । 

Muktinath Bank

देशका एक शीर्ष धनाढ्य पनि त्यस षड्यन्त्रमा सामेल रहेको उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पत्रकार सम्मेलन गरेर जेलेन्स्कीले व्यापारी रिनात अखमेतोभसँग मिलेर रुसले कू गराउन खोजेको जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

कूका लागि १ अर्ब डलर खर्च गर्न लागिएको र त्यो डिसेम्बर १ वा २ मा गरिने बताइएको छ । 

Vianet communication

अखमेतोभसँग निकट रहेका मानिसहरूको रेकर्डिङ आफूले पाएको राष्ट्रपति जेलेन्स्कीले बताए । 

‘हामीसँग सूचना मात्र छैन, अडियो इन्टरसेप्ट पनि छ । त्यसमा युक्रेनका प्रतिनिधिहरूले रुसका प्रतिनिधिहरूसँग कुरा गर्दै युक्रेनमा गरिन लागेको कूमा रिनात अखमेतोभको सहभागिताको चर्चा गरेका थिए,’ उनले भने । 

राष्ट्रपतिले अन्य नामको चर्चा गरेनन् र अखमेतोभ युक्रेनी राज्यविरुद्ध युद्धमा घिसारिएको बताए । 

अखमेतोभले राष्ट्रपतिको दाबीप्रति आक्रोशित प्रतिक्रिया दिएका छन् । त्यो बिल्कुल झूटो भएको उनले बताए । 

‘यस्तो झूटो खबर फैलाइएकोमा म आक्रोशित छु । राष्ट्रपतिले कुन उद्देश्य राखेर यसो भनेका हुन्, मलाई थाहा छैन,’ उनले बयान जारी गरेर बताए । 

‘म स्वतन्त्र युक्रेन, खुला अर्थतन्त्र, लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको प्रतिरक्षा गरिरहनेछु,’ उनले थपे । 

अखमेतोभसँग १० अर्ब डलरभन्दा बढीको सम्पत्ति रहेको बताइन्छ । उनको कम्पनी सिस्टम क्यापिटल म्यानेजमेन्टले डीटीईके नामक संस्थालाई नियन्त्रण गर्छ । उक्त संस्थाले युक्रेनको ७० प्रतिशत विद्युत् आपूर्ति गर्छ । 

उनले टेलिकम र मिडिया कम्पनीहरू पनि चलाउने गरेका छन् । 

मस्कोले कुनै पनि कूको षड्यन्त्रमा सहभागी नबनेको बताएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘रुसले षड्यन्त्रमा भाग लिने कुनै योजना छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x