×
Bajaj Top
Khukuri
FONEPAY

डेढ अर्बको लगानीमा अस्पताल भवन निर्माण

चितवन | मंसिर १८, २०७८

NTC
प्रतिकात्मक तस्वीर
TVS INSIDE

मेडिकल सिटीको रूपमा परिचित भरतपुरमा सञ्चालनमा रहेको एक अस्पतालले स्तरोन्नति गरी सुविधा सम्पन्न भवन निर्माण गरेको छ ।

Sanima Bank
morang Auto yamaha

कूल ५५ शय्याको नेसनल सिटी हस्पिटलले आधुनिक प्रविधि सहितको सुविधा सम्पन्न भवन बनाएर १०० शय्या सञ्चालन गर्न लागेको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

अस्पतालका व्यवस्थापक विक्रम अधिकारीका अनुसार भवन तथा शहरी विकास मन्त्रालयबाट अनुमति लिएर स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार ७ तले भवन निर्माणको अन्तिम चरणमा पुगेको छ ।

२०० जना शेयर धनी रहेको अस्पतालको संस्थागत शेयर धनीका रूपमा श्री मेडिकल एण्ड टेक्निकल कलेज रहेको छ । अधिकारीका अनुसार १०० शय्या सञ्चालनमा आउँदै गर्दा यसको लगानी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

उनले भने, ‘जिल्लामा उत्कृष्ट, सुविधा सम्पन्न अस्पताल हाम्रो हुनेछ ।’

अस्पतालका सञ्चालक एवं श्री मेडिकल एण्ड टेक्निकल कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालका अनुसार भवनमा २०० शय्यासम्म सञ्चालन गर्न सक्ने गरी निर्माण गरिएको छ । उनका अनुसार अत्याधुनिक र आधुनिक प्रविधिका उपकरण भित्र्याइँदै छ । कतिपय उपकरण आइसकेका छन् भने कतिपय आउने क्रममा रहेको छ ।

मेडिकल कलेजपछिको ठूलो लगानीको अस्पतालको रूपमा यसलाई विकास गर्न लागिएको छ ।

अस्पतालका अर्का सञ्चालक कल्याण जोशीका अनुसार  १३ वर्षअघि ५ करोड रुपैयाँको लागतमा नारायणगढमा स्थापना गरिएको अस्पताल हाल भरतपुरको चौबिसकोठीमा रहेको छ । करीब १२ कट्ठा जग्गा खरिद गरेर अस्पतालको स्तरोन्नति गरिएको हो । अस्पतालमा विशिष्टिकृतसहित सबै सेवा उपलव्ध गराइने उनको भनाइ छ ।

अस्पतालले जग्गा आफैंले खरिद गरी स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसारको भवन निर्माण र आधुनिक उपकरण जडान गर्न लागेकाले लगानी ठूलो भएको जोशीले जानकारी दिए ।

कतिपय उपकरण मेडिकल कलेजमा समेत नभएका आधुनिक उपकरण राखेर सेवा दिने उनको भनाइ छ ।

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

तुलसीको पातमा औषधीय गुणहरू भरपूर हुन्छन् । हिन्दूहरू घरमा तुलसीको मोठ बनाएर पूजा गर्छन् । हुन त तुलसी भगवान् श्रीकृष्णको प्रिय वनस्पति भनी चिनिन्छ र पवित्र मानिन्छ । तर यो बिरुवामा अनेकौं रोग निको पार्ने क्षमता भ...

माघ १०, २०७८

नेपाल चिकित्सक संघले ‘कल सेन्टर’बाट सर्वसाधारणलाई कोभिड–१९ बारे परामर्श दिने भएको छ । संघका महासचिव डा. बद्री रिजालले सोमवार सूचना जारी गर्दै माघ ११ गतेदेखि प्रत्येक बिहान ८ बजेदेखि सा...

माघ १३, २०७८

जिल्ला अस्पताल कालीकोटको वार्षिक आम्दानी ४४ लाख ५७ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा अस्पताल विकास समितिको खातामा विभिन्न स्रोतबाट आम्दानी प्राप्त भएको हो ।  विद्युतीय विलिङ प्रणाली शुरू ग...

माघ १३, २०७८

सरकारले कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको बुस्टर डोज उपलब्ध गराउन नसकेको ललितपुर महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बिहीवार अत्यन्त जरुरी सूचना प्रकाशित गर्द...

माघ १३, २०७८

कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा पाँच लाख ५४ हजार ५६६ रहेको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । यसैगरी हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या ४९ र आइसियुमा २५७ रहेको छ । होम आइसोलेसनमा ८८ हज...

माघ ११, २०७८

दाँत माझ्न अल्छी गर्दा अनि मुखको राम्रो सफाइ नगर्दा सास गनाउन थाल्छ । सास गनाउने मान्छेको नजिक पर्न कोही पनि चाहँदैन ।  नियमित दाँच माझ्ने र माउथवाशले कुल्ला गर्नाले सास फ्रेश रहन्छ । घरैमा माउथवाश तयार...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...