×

NMB BANK
NIC ASIA

साप्ताहिक राशिफल : मंसिर १९ देखि २५ गते सम्मको आफ्नो भाग्य हेर्नुहोस्

मंसिर १९, २०७८

NTC
Premier Steels

मेष

Muktinath Bank

ब्यापारीबर्गलाई बिशेष राम्रो रहन सक्ला  । धनप्राप्तिले मन खुशी हुन सक्ला । सुखको अनुभव रहनेछ । तपाईं आफ्नो परिवारका सदस्यहरूसँग मनोरञ्जनको कार्यक्रममा साँझ खर्च गर्नुहुन्छ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला । पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वृष


Advertisment
Nabil box
Kumari

यो हप्ता तपाईसँग भएको व्यापार साझेदारीमा के भयो त्यसले तपाईलाई अत्यन्त फाइदा पुर्‍याउँछ, तर व्यक्तिगत सम्बन्धमा कसैले तपाई बीचमा फाटो ल्याउन कोशिस गर्न सक्दछ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग नजिकिन सक्छन् । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

Vianet communication

मिथुन

यो हप्ता तपाईंको लागि ठूलो सफलता हुनेछ ।  तपाई आफ्नो हातमा धेरै पैसा प्राप्त गर्न सक्नुहुनेछ, जसको कारणले तपाईले सामग्री किन्छु  भनेर महसुस गर्नुहुनेछ र तपाईंको भविष्यको चिन्ताबाट स्वतन्त्र हुनुहुनेछ । सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले सताउन सक्छ । छर–छिमेकमा असमझदारी बढ्न सक्छ । बलजफ्ती गर्दा काम बिग्रन सक्छ । अप्ठ्यारा कामको बोझ थपिन सक्छ ।

कर्कट

काम पूरा नहुनाले मन खिन्न रहनेछ  । केहि यात्राहरू पनि व्यवसायको लागि गर्नु पर्ने हुनसक्छ । यो साता एउटा परिवारको सदस्यको स्वास्थ्यमा केही कमी हुन सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वास गर्दा धोका पाइएला । व्यापारमा ठूलो उपलब्धि हासिल गर्न नसकिएला । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्  । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला ।

सिंह

व्यवसायको प्रगति देखेर तपाईको दिमागमा खुशीको अनुभूति हुन्छ र विलासी वातावरणको मजा लिनुहुनेछ । विद्यार्थीहरूले परीक्षामा राम्रो सफलता प्राप्त गर्नेछन् । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । मेहनतले आम्दानी बढाउनेछ । आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ ।

कन्या

हप्ताको प्रारम्भमा परिवारका सदस्यहरू र साथीहरूप्रति उदार मनोवृत्ति राख्नुहोस् । परिवारका साना बच्चाहरूले यो साता तपाईंलाई केही सिफारिशहरू गर्न सक्छन् । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुख पाइनेछ । विभिन्न अवसरले पछ्याए पनि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ ।

तुला

गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । पठनपाठनमा समय दिन नसकिए पनि धैर्यसाथ काममा जुट्नुहोला, मेहनत गर्दा सामान्य लाभ भइरहनेछ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ । महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ ।

वृश्चिक

आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । परिवारजनबाट टाढिनुपर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ ।

धनु

बाह्य चीजहरूको कुनै विशेष अर्थ हुदैन तपाईको लागि किनकि तपाई आफैंलाई सधै प्रेममा महसुस गर्नुहुन्छ । लामो समय पछि तपाई आफ्नो जीवनसाथीसँग घनिष्ठ महसुस गर्न सक्षम हुनुहुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषायमा चासो लिँदा झमेला आइपर्ला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ ।

मकर

यो साता नसोचेको ठाउबाट धनकोलाभ हुने देखिन्छ, साथै ब्यापार ब्यबसायमा पनि प्रशस्तै लाभ हुने देखिन्छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । बिहिबार पछि अर्थ अभावले चिताएको काम रोकिने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ। आक्षेप लगाउनेहरू दुख देलान् । मनमा हौसलाबढनेछ, पराक्रम बढनुको साथै अधुराकाम बन्ने तथा नया काम पाउने योग छ ।

कुम्भ

तपाई आफ्नो परिवारको सबै जिम्मेवारी पूरा गर्न सफल हुनेछ । यदि पारिवारिक सम्पत्ति सम्बन्धीको विवाद भएको थियो भने तपाईले  लाभ उठाउनु हुनेछ । यो साता तपाईं आफ्नो बुबाको स्वास्थ्यबारे सचेत हुनुपर्छ । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ ।  बन्न लागेको काम बिग्रन सक्छ सावधान रहनु होला ।   टाढाको साथीसंगको भेटघाटले मन प्रफुल्ल रहला, तर सोचेको काम भने समयमा नै पुरा नहोला ।

मीन

आम्दानी तथा आयआर्जनका स्रोत समेत नबढ्ने समय छ ।  विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । प्रयत्नले  धन कमाउनेअवसर मिलने छ । व्यापारमा गरेको लगानि सन्तोस प्रदरहनेछ । साताको मध्यपछिआर्थिक पक्ष  सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।  धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने समय हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २६, २०७७

मेष आफन्तहरुले प्रेममा समर्थन गरेर सहयोग गर्नेछन् । प्राविधिक क्षेत्रका पेशाकर्मीहरुले राम्रो सफलता हात पार्नेछन् । स्वास-प्रस्वासमा समस्या आउन सक्नेछ । वृष नयाँ सम्बन्ध नजोडेकोनै राम्रो रहला । ...

चैत ३१, २०७७

धनु-अन्य साढेसाती ग्रसित यो वर्ष अन्य ग्रहको प्रभावले सकारात्मक फल मिल्नेछ । राहु ग्रहले सुखको अनुभूति र धनागममा मद्दत गर्नेछ । केतुग्रहले नराम्रा फल दिएतापनि कर्मक्षेत्रमा इज्जत र सम्मान बढ्नेछन् । कार्यमा प्रगति मिल्ना...

जेठ ३१, २०७८

मेष स्वास्थ्यप्रति लापरवाही नहुनुहोला र व्यर्थको तनाव नगर्नुहोला किनभने यसले तपाईंको कार्य क्षमतामा नकरात्मक प्रभाव पार्नसक्छ । वृष आज तपाईसँग प्रभावकारी र आत्मिक व्यक्तिहरूसँग सम्पर्कहरू छन र धेरै महत्त्वपू...

जेठ २३, २०७९

मेष फोन र मिडियामार्फत तपाईको साथीहरूसँग सम्पर्कमा रहनुहोस्  । यी जडानहरूले तपाईंको लागि प्रगतिको नयाँ मार्गहरू पनि खोल्न सक्छ । चलिरहेको पारिवारिक मामलाको समाधानका लागि पनि समय अनुकूल रहन्छ । व...

बैशाख ३०, २०७९

मेष व्यवसायमा आज कुनै पनि नयाँ काममा समय खर्च नगर्नुहोस् । विचार गरेर मात्र धैर्यपूर्वक कार्य गर्नुहोला । आज समयको उचित प्रयोग गर्नुहोला । कर्मचारीहरुको हजुरमा पूर्ण समर्थन हुनेछ । वृष प्रेममा सुखमय हु...

पुस ५, २०७८

मेष विद्यार्थीहरू कुनै पनि क्यारियर सम्बन्धित समस्याको समाधान प्राप्त गरेर खुसी हुनेछन् । ग्रहको स्थान अनुकूल छ । यसैले नया कामको थालनी गर्दा राम्रो हुनेछ। तपाईंको क्षमता र सम्भाव्यता खुल्लमखुल्ला मानिसहरूमा प्रक...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x