माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
मंसिर २४, २०७८
सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा देशका तीन ठूला कम्युनिस्ट पार्टीका नेताले एकआपसमा घोचपेच गरेका छन् ।
लामो अन्तरलापछि शुक्रवार भृकुटीमण्डपमा एउटै मञ्चमा देखिएका एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच घोचपेच चलेको हो ।
गत वर्षको पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि तत्कालीन नेकपामा तीन शीर्ष नेताहरू पहिलोपटक सार्वजनिक मञ्चमा एकै ठाउँमा देखिएका थिएनन् । एक आपसमा नबोले पनि नेताहरूबीच राम्रै घोचपेच चलेको हो ।
कांग्रेसले मञ्च व्यवस्थापनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको दायाँपट्टि प्रचण्ड र माधव नेपाल तथा बायाँपट्टि ओली बसेका थिए ।
जसपाका नेता उपेन्द्र यादवले सम्बोधन गरेपछि बोल्ने समय पाएका माधव नेपालले ओलीको नामै नलिई अरूको सम्मान नगर्ने र मैमत्त प्रवृत्तिले लोकतन्त्र बच्न नसक्ने बताए ।
नेकपा रहँदा र एमाले विभाजन हुनुअघि नेपालले ओलीमाथि मैमत्तको आरोप लगाउने गर्दथे ।
माधव नेपालपछि बोलेका प्रचण्डले अहंकारले गर्दा ओरालो यात्रा शुरू भएको भन्दै ओलीप्रति कटाक्ष गरे । महाधिवेशनको शुरूमा बोल्ने भारतीय जनता पार्टीका नेता हर्ष वर्द्धनले एउटै मञ्चमा यति धेरै पूर्वप्रधामनन्त्री देखेको बताएका थिए ।
ओलीतर्फ हेर्दै प्रचण्डले भने, ‘भाजपाका साथीले भन्नुभयो- यति धेरै पूर्वप्रधानमन्त्रीलाई देखेँ, उहाँ हिँड्नु भएछ, मैले यो पनि भन्नेवाला थिएँ– हामी सबै एकले अर्कालाई प्रधानमन्त्री बनाएको हो ।’
प्रचण्डले एक्लाएक्लै हिँड्ने अहंकार नगर्न आग्रह गरे ।
‘एक्लै हिँड्ने अहंकार नगरौं । राजनीतिक प्रतिष्पर्धा गरेपनि प्रतिस्पर्धाभित्र एकता खोज्नुपर्छ । अहिलेको सफलता गठबन्धनले भएको सफलता हो । जसले अहंकार गर्यो, त्यसको ओरालो यात्रा शुरू भएको इतिहास छ,’ प्रचण्डले भने ।
प्रचण्डले यसअघि ओलीको अहंकार पराजित भएको बताउँदै आएका थिए ।
प्रचण्डपछि बोलेका ओलीले शुरूमै आफ्नो कुरा राख्न अरूको मञ्च आवश्यक नपर्ने बताए । ‘कसैको कुरामा वाद प्रतिवाद केही गरिरहन चाहन्नँ । राजनीति आफ्नै मञ्चमा गर्न पाउँछु । अरूको मञ्च आवश्यक छैन,’ ओलीले भने ।
प्रचण्डले एक्लै हिँड्न हुन्न भनेर दिएको अभिव्यक्तिको जवाफ पनि ओलीले दिए । ‘देश बनाउन सँगै कि सरकारमा ? देश बनाउने कुरामा सँगै छौं । प्रतिपक्ष भनेपनि संसद्मा छैनौं ? लोकतन्त्रका लागि हामी लडेका छैनौं ? कसैलाई सरकारबाट हट्नुपर्ला कि भन्ने चिन्ता होला । एमाले एक्लै हिँड्ने रहर पनि गर्दैन,’ ओलीले भने ।
कांग्रेसलाई एक्लै नहिँड्न सुझाव दिएका प्रचण्डप्रति कटाक्ष गर्दै ओलीले भने– ‘अरूका नीतिमा होइन, कांग्रेसले आफ्नो नीतिमा अरूलाई हिँडाउन सकोस् । प्रधानमन्त्री मात्र होइन, शेरबहादुरजी सरकारको नेता बन्नुहोस् ।’
ओलीले सम्बोधन गर्न थालेपछि प्रचण्ड उठेर हिँडेका थिए । ओलीले सम्बोधन गर्दैगर्दा माइकमा साउन्ड नआएपछि ‘कांग्रेसलाई महाधिवेशनको शुभकामना छ, देउवाजीलाई छाडिदिएँ भन्दै ओली कुर्सीमा फर्किए ।
त्यसपछि कांग्रेस महाधिवेशनको उद्घोषण गरिरहेका प्रवक्ता विश्वप्रकाश शर्माले ओलीले विचार व्यक्त गरिरहँदा प्राविधिक समस्या आएको भन्दै पुनः सम्बोधन गर्न समय दिए ।
नेताहरूले एकआपसमा मात्र होइन राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनप्रति उस्तै स्वरमा निसाना समेत लगाए ।
सम्बोधनका क्रममा लिङदेनले ‘गाउँतिर नेताहरूलाई चोर आयो भन्छन्’ भनेर अभिव्यक्ति दिएपछि ओली, प्रचण्ड र नेपाल तीनैजना उनीप्रति खनिएका थिए ।
‘हरेक नेता चोर हुन्छ ? भर्खर भर्खर अध्यक्षमा छानिएकोलाई त्यस्तो लागेको होला । बाच्छो हिँड्न जान्दैन, दौडिन्छ । नयाँनयाँ अध्यक्ष भएको रापताप होला,’ ओलीले भने ।
मञ्चमा ओली र प्रचण्डबीच केहीबेर कुराकानी समेत भएको थियो । शेरबहादुर देउवा बीचमा रहँदा ओली र प्रचण्डले दुईतिरबाट ठट्टा गरेका थिए ।
दुवै जना हाँसेर बोलिरहेको समेत देखिएको थियो ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...