×

NMB BANK
NIC ASIA

मध्यपहाडीमा सवारी सञ्चालन गर्न प्रहरीको अनुमति चाहिने

पुस २४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

रुकुमपूर्वमा मौसममा सुधार नआएसम्मका लागि भनेर मध्यपहाडी लोकमार्ग सञ्चालनमा रोक लगाइएको छ । रुकुमपूर्व र बागलुङको सिमाना पातीहाल्ना क्षेत्रमा हिमपातका कारण दुर्घटनाको जोखिम बढेकाले मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए । राजमार्गको अवरोध हटाउन सञ्चालन समितिको बैठक बसेर यस्तो निर्णय गरिएको समितिको संयोजकसमेत रहेका प्रजिअ बाँस्कोटाले बताए ।

Muktinath Bank

जिल्लास्थित सुरक्षा निकायका प्रमुख र यातायात व्यवसायीको उपस्थितिमा गरिएको छलफल र यातायात व्यवसायीबाट आएको सुझावका आधारमा मध्यपहाडी लोकमार्गको पातीहाल्ना खण्डमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो । मध्यपहाडी लोेकमार्गमा जमेको साढे दुई फिट हिउँ पाँच दिन लगाएर डोजरले पन्छाएको तर त्यसमा सवारी सञ्चालन गर्न धेरै नै जोखिम रहेकाले लोकमार्ग बन्द गर्ने निर्णय गरिएको प्रजिअ बाँस्कोटाले बताए । उनका अनुसार यस खण्डमा सार्वजनिक सवारीलाई पूर्णरूपमा रोक लगाइएको छ । निजी फोरबिल वाला गाडी भने जान सक्नेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अत्यावश्यक परेको खण्डमा मात्र सार्वजनिक गाडी प्रहरीको अनुमतिमा यस खण्डमा चलाउन सकिने छ । गाडीको अवस्था कस्तो छ र लोड कत्तिको छ भनेर हेरेपछि प्रहरीले उपयुक्त ठानेर पठाएको खण्डमा मात्र सार्वजनिक गाडी पातीहाल्नाको बाटो भएर जाने छन् ।


Advertisment
Nabil box
Kumari

एक–दुई दिनलाई भने पूर्णरूपले लोकमार्ग ठप्प रहेको प्रजिअ बाँस्कोटाले बताए । रुकुमपूर्वबाट बागलुङतर्फ जाने बाटो हिउँले चिप्लो बनाएको र उकालो पर्ने भएकाले दुर्घटना हुनसक्ने जोखिम धेरै रहेको उनको भनाइ छ ।

Vianet communication
Laxmi Bank

बागलुङतर्फबाट भने एकतर्फीरूपमा रुकुमपूर्वतर्फ केही सवारी जोखिम मोलेर आइरहेका छन् । बागलुङ जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर सकभर उतापट्टिबाट पनि यस खण्डमा सवारी सञ्चालनमा रोक लगाउने प्रयास गरिरहेको प्रशासनले जनाएको छ । मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा यस खण्ड हुँदै रुकुमपूर्वसँगै काठमाडौँ, पोखरा, रोल्पा, ओहोरदोहोर गर्ने मानिस समस्यामा परेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x