२२ असार २०८३, सोमबार

६७ वर्षदेखि कहिल्यै ननुहाएका यी व्यक्ति, कस्तो छ स्वास्थ्य अवस्था ?

माघ ६, २०७८
६७ वर्षदेखि कहिल्यै ननुहाएका यी व्यक्ति, कस्तो छ स्वास्थ्य अवस्था ?

मान्छेले स्वस्थ रहन व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने सुझाव चिकित्सकले दिन्छन् । व्यक्तिगत सरसफाईमा नियमित स्नान महत्त्वपूर्ण मानिन्छ ।

डेली स्टारमा प्रकाशित रिपोर्टअनुसार ईरानका अमो जाजीले ६७ वर्षदेखि कहिल्यै नुहाएका छैनन् । उनी हाल ८७ वर्षका भए ।

ननुहाएरै वृद्धावस्थामा पुगेका जाजी स्वस्थ छन्, स्थानीय चिकित्सकले उनको नियमित स्वास्थ्य जाँच गर्छन् तर उनी स्वस्थ भेटिन्छन् ।

दशकौंसम्म ननुहाएका जाजीमाथि कतिपय चिकित्सकले अनुसन्धान समेत गरिरहेका छन् । तर अनुसन्धानको नतिजाले चिकित्सक समेत हैरान हुन्छन् ।

व्यक्तिगत सरसफाइ नगर्ने र ननुहाउने व्यक्ति कसरी स्वस्थ हुनसक्छ भनेर चिकित्सक समेत चकित परेका समाचारमा उल्लेख छ ।

उनी नुहाउनुलाई अशुभ मान्छन् । यदि नुहाएमा मृत्यु हुने उनी बताउँछन् । 

समाचारअनुसार उनी सडक किनारमा मरेका जनावरलाई खान्छन्, पोखरीको फोहोर पानी खान्छन् । अनौठो जीवनशैली र खानपानका कारण उनका कोही साथी पनि छैनन् । तर पनि उनी बिरामी हुँदैनन् र कुनै संक्रमणको शिकार पनि हुँदैनन्, त्यसैले सबै अचम्मित छन् । 

salt training

कमेन्ट गर्नुहोस्