जेठ १३, २०७९
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको डोनबास क्षेत्रमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सुुस्त तर ठोस प्रगति गरिरहेको शुक्रवार बताएका छन् । ‘पुटिनले आफू तथा रुसी सेनालाई महंगो परेको भए...
चीन र अमेरिकाका परराष्ट्रमन्त्रीहरूबीच बिहीवार कुराकानी भएको छ ।
त्यसक्रममा चीनका परराष्ट्रमन्त्री वाङ यीले बेइजिङमा आयोजना गर्न लागिएको शीतकालीन ओलम्पिकमा हस्तक्षेप नगर्न वाशिङटनलाई चेतावनी दिए । त्यससँगै युरोपमा रुसको सुरक्षा चिन्तालाई गम्भीर रूपमा लिन पनि उनले आग्रह गरे ।
अर्को साताबाट शुरू हुने शीतकालीन ओलम्पिकबाट सफ्ट पावर विजय हासिल गर्ने लक्ष्य चीनले लिएको छ ।
अमेरिकाको नेतृत्वमा पश्चिमका कतिपय मुलुकहरूले ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने चेतावनी दिइरहेका छन् ।
वाङले ताइवानका विषयमा आगोसँग नखेल्न पनि वाशिङटनलाई चेतावनी दिएका छन् ।
रुसको विषयमा वाङले बताए, ‘सबै पक्षले शीतयुघकालीन मानसिकता पूरै त्यागेर सम्झौतामार्फत सन्तुलित, प्रभावकारी, दिगो सुरक्षा संयन्त्र निर्माण गर्नुपर्छ ।’
‘रुसको तर्कसंगत सुरक्षा चिन्तालाई गम्भीर रूपमा लिनुपर्छ र समाधान गर्नुपर्छ ।’
मसकोले नेटोको विस्तारका विषयमा व्यक्त गरेको चिन्तालाई विचार गर्दै वाङले सैन्य खेमाहरू बलियो बनाएर वा विस्तार गरेर क्षेत्रीय सुरक्षाको प्रत्याभूति गर्न नसकिने बताए ।
अमेरिकाको परराष्ट्र मन्त्रालयले कुराकानीका विषयमा प्रकाशित गरेको रीडआउटमा ओलम्पिकको चर्चा छैन र युक्रेनमा जोड दिइएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको डोनबास क्षेत्रमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सुुस्त तर ठोस प्रगति गरिरहेको शुक्रवार बताएका छन् । ‘पुटिनले आफू तथा रुसी सेनालाई महंगो परेको भए...
पूर्वी टिमोरको तटीय क्षेत्रमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ । यद्यपी क्षतिको तत्काल विस्तृत विवरण भने आएको छैन । यस भूकम्पले हिन्द महासागर क्ष...
यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र फिनल्याण्डका प्रधानमन्त्री सान मारिनबीच भेटवार्ता भएको छ । यूक्रेन भ्रमणमा रहेका मारिनले जेलेनेस्कीलाई यूक्रेनको राजधानी कीभमा विहीबार भेटवार्ता गरेका हुन्। &nb...
लद्दाखको सडकबाट श्योक नदीमा गाडी खसेपछि शुक्रवार सातजना भारतीय सैनिकहरूको मृत्यु भएको एनडीटीभीले खबर दिएको छ । गाडीमा २६ जना सैनिक थिए । गाडी बाटोबाट चिप्लिएर नदीमा खसेको हो ।
धनी होस् वा गरीब । श्रमिक होस् वा अफिसर । भावना र मन सबैसँग हुन्छ । भारतको नयाँदिल्लीस्थित एक मजदुरको लभ स्टोरी यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ । चिया पसलमा अफजल र सबीनाले एकै गिलासमा चिया पि...
युक्रेनको नीप्रोपेट्रोव्स्क नजिक रहेको नेसनल गार्ड ब्यारेकमा रुसले क्षेप्यास्त्र आक्रमण गर्दा १० जना मारिएको युक्रेनले पुष्टि गरेको छ । आक्रमणमा ३५ जना घाइते भएका छन् । मृत्युसंख्या बढ्न सक्ने सम्भावना...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...