कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
फागुन ३, २०७८
स्थानीय तह निर्वाचन घोषणा भएपछि गण्डकी प्रदेशको राजधानी पोखरामा चुनावी सरगर्मी बढेको छ ।
वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकामा मेयरको उम्मेदवार बन्न आकांक्षीहरूले जनताको नजिक पुग्ने उपाय खोजिरहेका छन् ।
देशको पर्यटकीय नगरी पोखराको मेयर बन्नका लागि पूर्व मन्त्रीदेखि पूर्व सांसदहरूले समेत आकांक्षा देखाएका छन् । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा पोखराको मेयर नेकपा एमालेले जितेको थियो ।
यतिबेला एमाले विरासत जोगाउने कोसिसमा छ भने कांग्रेसले चुनाव जित्ने रणनीति बनाइरहेको छ ।
मेयरका आकांक्षीले अनौपचारिक रूपमा लविङ र प्रचार अभियान थालिरहेका छन् । यसै अनुरूप सम्बन्धित राजनीतिक पार्टी तथा भातृ संगठनका नेतृत्वसँग भेटघाट तथा छलफल तीव्र भइरहेको छ ।
देशकै दोस्रो ठूलो शहर भएकाले पनि विगतदेखि नै चुनावी माहोल केही अगावै तात्ने गरेको थियो । यसपटकको स्थानीय चुनावमा पनि विशेष गरी ठूला राजनीतिक दलबाट को उम्मेदवार बन्ने भन्ने कुरा सामाजिक सञ्जाल होस् या अनौपचारिक छलफल वा सार्वजनिक बहसमा व्यक्तिगत आकांक्षाहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा व्यक्त भइरहेका छन् ।
कास्कीमा हालै सम्पन्न ठूला दलका अधिवेशनमा गुटको प्रभाव प्रस्ट देखिएको थियो । त्यसैले आसन्न स्थानीय चुनावको माहोल पनि गुटकै सेरोफेरोमा तातेको छ । त्यसैले उम्मेदवारका आकांक्षीको तयारी दलगत प्रतिस्पर्धाभन्दा पनि गुटभित्रको प्रतिस्पर्धामा केन्द्रित छ ।
आकांक्षीहरूले आफ्नो तरिकाले प्रचारप्रसार र भेटघाट गरिरहे पनि स्थानीय स्तरमा चर्चामा आएका अनुहारहरूको प्रायः सामाजिक र राजनीतिक पृष्ठभूमि पनि लगभग बराबर भएकाले महानगरपालिकाको मेयरका लागि कसले टिकट पाउला भन्ने जनचासो बढेको छ ।
यसअघिको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट बहालवाला मेयर मानबहादुर जिसीसँगै एमाले कास्की जिल्ला अध्यक्ष तथा पोखराका पूर्व मेयर कृष्ण थापा, अखिल नेपाल महिला संघ हुँदै पार्टीका विभिन्न भातृ तथा जनवर्गीय संगठनमा लामो समयदेखि विभिन्न महत्त्वपूर्ण पदमा सक्रिय मित्रकुमारी गुरुङ, केन्द्रीय सदस्य श्रीनाथ बरालको पनि चर्चा थियो । अहिले श्रीनाथ बराल एकीकृत समाजवादी पार्टीमा गइसकेका छन् ।
नेताहरू कृष्ण थापा, मित्रकुमारी गुरुङको सम्भावनाबारे पनि जनस्तरमा छलफल हुने गरेको छ । एमालेको जिल्ला तथा प्रदेश निर्वाचनमा २ खेमा देखिएकाले नयाँ स्थापित अनुहारको चर्चा समेत छ ।
कास्की एमालेभित्र प्रतिनिधिसभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी र गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको छुट्टाछुट्टै खेमा छ । गुरुङ खेमाबाट बहालवाला प्रदेशसभा सांसद तथा पोखराको लेकसाइडका रैथाने नेता राजीव पहारीको चर्चा छ । पहारी अहिले प्रदेशसभा सदस्य छन् । उनी मेयरको उम्मेदवार बन्न चाहेमा प्रदेशसभा सदस्यबाट राजीनामा दिनुपर्नेछ ।
‘अहिलेसम्म उम्मेदवारबारे छलफल भएको छैन, चुनावको मिति घोषणा भइसकेकाले आकांक्षीले लविङ गरिरहनुभएको छ, सक्षम र योग्य उम्मेदवारलाई हामी अघि सार्छाैं,’ नेकपा एमाले कास्कीका एक नेताले भने ।
नेपाली कांग्रेसमा पार्टी अध्यक्ष शेरबहादुर देउवा समर्थित पूर्व कानूनमन्त्री तथा कांग्रेस कास्कीका पूर्व जिल्ला अध्यक्ष यज्ञबहादुर थापा र कोइराला समर्थित पूर्व जिल्ला अध्यक्ष कृष्ण केसी गरी २ खेमामा कार्यकर्ताहरू विभाजित देखिन्छन् । यसअघिको निर्वाचनमा समेत स्थानीय स्तरमा गुटको प्रभाव देखिएका कारण फेरि प्रभाव पर्न सक्ने आकलन गरिँदैछ ।
नेपाली कांग्रेसबाट यसअघिको स्थानीय तह निर्वाचनमा महानगरको मेयरका लागि वैकल्पिकमा परेका उम्मेदवारमध्ये तत्कालीन पार्टी जिल्ला अध्यक्ष कृष्ण केसी नै अग्रपंक्तिमा छन् ।
उनीसँगै वैकल्पिक उम्मेदवारमा परेका अर्का आकांक्षी नरेशशंकर पालिखेले टिकट नपाएको झोकमा पार्टीबाटै राजीनामा दिइसकेका छन् तर अहिले उनकै दाजुभाइ खलकका अर्का सामाजिक व्यक्ति तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्वशंकर पालिखेको पनि चर्चा छ ।
अर्काेतिर, नेपाल विद्यार्थी संघ हुँदै नेपाली कांग्रेसका विभिन्न भातृ संगठनमा विभिन्न पदमा रहेर लामो समय योगदान गरेका आधारमा गंगाधर पराजुलीको नाम नेपाली कांग्रेसको तर्फबाट महानगर मेयर पदका लागि चर्चामा छ ।
पत्रकारिता पृष्ठभूमिका पराजुली यसैपटक नेपाली कांग्रेस पोखरा महानगर समितिको सभापति पदका लागि भएको निर्वाचनमा थोरै मतान्तरले पराजित भएका थिए ।
यसअघिको स्थानीय तह निर्वाचनमा उपमेयर पदका उम्मेदवार सरस्वती गुरुङको पनि चर्चा उत्तिकै छ । गुरुङ पनि लामो समयसम्म सञ्चार कर्मबाट राजनीतिमा आएकी हुन् ।
‘चुनावको मिति नजिकिँदै गर्दा मेयर र उपमेयर बन्नका लागि साथीहरूले तयारी थाल्नुभएको छ, जसले जित्छ उसलाई उम्मेदवार बनाउँछौं,’ नेपाली कांग्रेसका जिल्ला स्तरीय एक नेताले लोकान्तरसँग भने ।
माओवादी केन्द्र कास्कीले पोखरा महानगरपालिकाको मेयरका लागि गठबन्धनबाट होस् या एकल प्रतिस्पर्धा जे भए पनि आफ्ना तर्फबाट सामाजिक रूपमा उत्तिकै प्रभावशाली देखिएका व्यक्तिलाई उम्मेदवार बनाएर पठाउने तयारी गरिरहेको जनाइएको छ । माओवादी केन्द्रबाट बहालवाला सांसद तथा गण्डकी प्रदेशसभा अन्तर्गतको अर्थ विकास समितिका सभापति दिपक कोइरालाको नाम चर्चामा छ ।
कोइरालाले गण्डकी प्रदेश सांसद हुनुअघि पनि माओवादी नेतृत्वको सशस्त्र द्वन्द्वदेखि नै पार्टी लगायत पार्टी सम्वद्ध भातृ संगठनका महत्त्वपूर्ण पदहरू सम्हालिसकेका छन् ।
अघिल्लो निर्वाचनमा मेयर पदकै उम्मेदवार विश्वप्रकाश लामिछाने बलिया उम्मेदवार हुनसक्ने चर्चा जनस्तरमा छ ।
स्थानीय तह चुनावका उम्मेदवारबारे पार्टी कार्यालयहरूले औपचारिक जानकारी दिइरहेका छैनन् ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट भूकम्पले दुई मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्यायो । सयौँ घरबारविहीन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...