×

NMB BANK
NIC ASIA

मुख्यमन्त्रीसँग बेलायती राजदूतको भेटवार्ता

फागुन १०, २०७८

NTC
Premier Steels

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत निकोला पोलिटबीच सोमबार औपचारिक भेटवार्ता भएको छ ।

Muktinath Bank

मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले संयुक्त अधिराज्यले नेपालको विकास र समृद्धिमा निरन्तर गर्दै आएकोे सहयोगको प्रशंसा गरे । उनले दुई देशबीचको दौत्य सम्बन्ध निकै पुरानो भएको स्मरण गर्दै गण्डकी प्रदेशमा बेलायत सरकारबाट जलवायु परिवर्तन अनुकूलन, लघुउद्यम प्रवद्र्धन र आयआर्जन, स्वास्थ्य, पर्यटन, प्रदेश र स्थानीय तहको सुशासन र क्षमता विकासजस्ता महत्वपूर्ण क्षेत्रमा सहयोग प्राप्त भएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल र बेलायतबीच सन् १८१६ मा दौत्य सम्बन्ध कायम भएको थियो । नेपाली युवा बेलायती सेनामा संलग्न भएर लामो समयदेखि काम गर्ने अवसर पाएको भन्दै मुख्यमन्त्री पोखरेलले उनीहरूको परिवार बेलायतमै बस्दै आएको चर्चा गरे । जलवायु परिवर्तन अनुकूलन र विपद् व्यवस्थापन, पर्यटन पूर्वाधार विकास र आयआर्जन एवं ठूला पूर्वाधार निर्माणमा सहयोगजस्ता क्षेत्रमा बेलायतबाट प्रदेश सरकारले थप सहयोगको अपेक्षा गरेको बताए । 


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री पोखरेलले प्रदेशलाई आवश्यक कानुनहरूको तर्जुमा र कार्यान्वयन, योजनाबद्ध विकासका लागि प्रथम पञ्चवर्षीय योजना तर्जुमा, दिगो विकास लक्ष्य आधाररेखा प्रतिवेदन तयारी, मध्यमकालीन खर्च संरचना, आयोजना बैंकजस्ता रणनीतिक महत्वका दस्तावेजले प्रदेशको विकासका लागि सरकारको गन्तव्य सुनिश्चित गरेको जानकारी गराए ।

Vianet communication

बेलायती राजदूत निकोलाले जलवायु परिवर्तन अनुकूलन र पर्यटन प्रवद्र्धनका लागि बेलायत सरकारले सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरिन्। पोखराको सुन्दरताबाट प्रभावित भएको भन्दै उनले सोमबार बिहान साइक्लिङबाट आनन्द लिएको अनुभव सुनाइन् । नेपालसँगको पुरानो सम्बन्धलाई अझ प्रगाढ र प्रभावकारी बनाउन आफूहरू हरदम तयार रहेको बताउँदै उनले पोखरा र गण्डकी प्रदेशको स्वास्थ्यका क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगले निरन्तरता पाउने पनि उल्लेख गरिन् । 

गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा रघुराज काफ्लेले समृद्ध प्रदेश : सुखी नागरिक निर्माणका लागि हामीले प्रथम पञ्चवर्षीय योजनाका माध्यमबाट बहुआयामिक गरिबी सूचकाङ्क १४ दशमलव दुईबाट सात प्रतिशतमा झार्ने, औसत आर्थिक वृद्धिदर १० दशमलव दुई प्रतिशत पु¥याउने लक्ष्य राखेको जानकारी दिए । भेटवार्तामा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, प्रमुख सचिव रविलाल पन्थ, सचिवहरू रामप्रसाद आचार्य, मनमाया पङ्गेनीलगायतको उपस्थिति थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x