×

NMB BANK
NIC ASIA

बालिका हत्या प्रकरण : बलात्कारपछि हत्या गरेको आशंका, दुई जना पक्राउ

फागुन १३, २०७८

NTC
Premier Steels

मोरङको लेटाङ नगरपालिका-८, ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको हत्याको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । 

Muktinath Bank

लेटाङकै ६४ वर्षीय र ४६ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी मञ्जील मुकारुङले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीले उनीहरूको नाम भने खुलाएको छैन । पक्राउ परेकाहरूको घर बालिकाको घर आउने बाटोमा रहेको मोरङ प्रहरीको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

बुधवारदेखि हराएकी ती बालिकाको शव खाल्डोभित्र वस्त्रविहीन अवस्थामा शुक्रवार भेटिएको थियो । 

Vianet communication

विद्यालयबाट घर फर्किने क्रममा बुधवार दिउँसोदेखि बालिका बेपत्ता भएकी थिइन् । 

शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको मोरङ प्रहरीले जनाएको छ । 

बालिकाको बलात्कारपछि हत्या भएको हो कि भन्ने आशंका प्रहरीले गरेको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थप भन्न सकिने मुकारुङले बताए ।

जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत बालिका विद्यालयबाट घर फर्किने क्रममा बुधवार दिउँसो ४ बजेदेखि बेपत्ता भएकी थिइन् । 

बालिका बेपत्ता भएपछि खोजतलासका लागि परिवारका सदस्यले प्रहरीलाई सूचना दिएका थिए । 

घटनास्थल बालिकाको घरबाट लगभग ३ किलोमिटर जति दक्षिण र उनी अध्ययनरत विद्यालयबाट लगभग २ किलोमिटर पश्चिममा पर्छ । 

प्रहरीले खाल्डोबाट बालिकाको शव उत्खनन गरेर बाहिर निकाल्दा घटनास्थल तनावपूर्ण बनेको थियो । 

ठूलो संख्यामा भेला भएका विद्यार्थी र स्थानीयले आक्रोशित हुँदै प्रहरीविरुद्ध  नाराबाजी गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x