०१ साउन २०८३, शुक्रबार

इलाम अस्पतालमा डायलासिस मशिन चलाउन पहल

फागुन १४, २०७८
इलाम अस्पतालमा डायलासिस मशिन चलाउन पहल
प्रतिकात्मक तस्वीर

‘इलामका सहयोगीदाताहरू’ नामक संस्थाले इलाम अस्पतालमा रहेको डायलासिस मशिन चलाउन पहल थालेको छ । 

मिर्गौलाको परीक्षणका लागि आवश्यक मशिन धरानको रोटरी क्लबमार्फत १ वर्षअघि नै ३ वटा उपलब्ध भएका थियो तर दक्ष जनशक्ति र आर्थिक अभावमा मशिन सञ्चालनमा आउन सकेको छैन ।

संस्थाले जिल्लास्थित सरोकारवालाबीच पहल गर्न आग्रह गर्दै तत्काल धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा इलाम अस्पतालका प्राविधिकलाई मशिन सञ्चालनका लागि तालिम लिन पठाउने निर्णय गरेको छ ।

संस्थाका अध्यक्ष रतनलाल चौधरीले मशिन चलाउन प्रतिमहिना ५ हजार ५ वर्षसम्म दिने घोषणा गरेका छन् ।

‘उपकरण भएर पनि प्रयोगमा नआउँदा धेरैले झन्झट खेप्नुपरेको छ,’ उनले भने, ‘जसरी भए पनि जिल्लामा नै सेवा दिने पहलमा लागेका छौं ।’

विक्रम संवत् २०७३ सालमा स्थापित सहयोगी हातले न्यून आयस्तर भएका २५० भन्दा धेरैलाई उपचार सहयोग पुर्‍याइसकेको छ । संस्थाको कोषमा ४५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा छ । यही कोषमा पछिल्लो पटक स्थानीय मनकुमारी उप्रेतीले ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्रभु शाहले तत्काल १ जना स्वास्थ्यकर्मीलाई तालिमका लागि पठाउने तयारी भइरहेको जनाए । मशिन सञ्चालन गर्ने जनशक्ति भए जिल्लावासीले जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्