×

NMB BANK
NIC ASIA

भौचर भर्दै गर्दा बैंकभित्रैबाट गायब भयो सेवाग्राहीको २ लाख रूपैयाँ

फागुन १६, २०७८

NTC
Premier Steels

राष्ट्रिय वाणिज्य बैंक हेटौंडा शाखाबाट एक सेवाग्राहीको भौचर भर्ने क्रममा २ लाख रूपैयाँ नगद हराएको छ । 

Muktinath Bank

हेटौंडा–१० मा रहेको म्यापल रेष्टुरेण्ट सञ्चालक युवा व्यवसायी राम महर्जनले आइतवार बैंक खातामा जम्मा गर्न लगेको नगद दुई लाख रूपैयाँ बैंकभित्रैबाट हराएको हो । अहिले प्रहरी प्रशासनले पैसा लैजाने व्यक्तिको खोजी शुरू गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महर्जनका अनुसार २ लाख ५५ हजार रूपैयाँ लिएर आइतवार दिउँसो सवा १ बजे उनी बैंक प्रवेश गरेका थिए । उनले ५५ हजार रूपैयाँ गोजीमा र २ लाख रूपैयाँ भने हातमा लिएर लाइन बसेका थिए । 


Advertisment
Nabil box
Kumari

भौचरमा खाता नम्बर लेख्न बिर्सेकाले पुनः उनी लाइन छोडी भौचर भर्ने स्थानमा पुगेका थिए । ​भौचरमा खाता नम्बर लेख्ने क्रममा उनले हातमा रहेको २ लाख नगद टेबलमा राखेर भौचर नम्बर भरेका थिए ।

Vianet communication

पैसा त्यहीँ बिर्सेर उनी लाइन बस्न पुगे । जब उनले काउण्टरमा पैसा बुझाउन खोजे हातमा पैसा थिएन । हतारहतार भौचर भर्ने ठाउँमा हेर्न पुग्दा त्यहाँ राखिएको पैसा नभएको उनको भनाइ छ । 

करीब डेढ मिनेट अवधिमा पैसा गायब भएको उनले बताए । 

पैसा हराएपछि उनले बैंक म्यानेजर तथा कर्मचारीहरूलाई खबर गरे । सोधपुछ पछि पनि पैसा पत्ता नलागेपछि महर्जनले सुरक्षा निकायको मद्दत लिन पुगे । 

अहिले जिल्ला प्रहरी कार्यलय मकवानपुरको प्रहरी  टोली घट्ना भएको स्थानमा पुगेर बैंकमा रहेको सीसी क्यामराको सहयोगमा पैसा लैजाने व्यक्तिको खोजी भइरहेको घटनास्थलमा रहेका मकवानपुर प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x