×

NMB BANK
NIC ASIA

नेपालमा विदेशबाट छिट्टै राष्ट्रप्रमुख वा प्रधानमन्त्री तहको उच्चस्तरीय भ्रमण हुँदैछ : मन्त्री खड्का

फागुन २३, २०७८

NTC
फाइल फोटो
Premier Steels

परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालमा छिट्टै उच्चस्तरीय भ्रमण हुने बताएका छन् ।

Muktinath Bank

परराष्ट्रमन्त्री खड्काले सोमवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी विदेशबाट छिट्टै राष्ट्र प्रमुख वा प्रधानमन्त्री तहको उच्चस्तरीय भ्रमण हुने जानकारी दिए तर भ्रमण कसको हुने भन्ने कुरा चाहिँ समय आएपछि मात्रै जानकारी गराउने उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री खड्काले खास समय आएपछि उच्चस्तरीय भ्रमणबारे पत्रकारहरूलाई आफूले जानकारी गराउने पनि स्पष्ट पारे । चीनसँगको नाका खुलाउने विषयमा छलफल भएको र त्यो छिट्टै खुल्ने विश्वास समेत उनले व्यक्त गरे ।


Advertisment
Nabil box
Kumari

चीनका विदेशमन्त्री वाडसँग नाका खुलाउनका लागि करीब १ घण्टा टेलिफोन संवाद गरेको उल्लेख गर्दै उनले दुवै देशको हितका लागि पनि नाका खुलाउन ढिलाइ गर्न नहुने बताए । मन्त्री खड्काले भने, ‘उच्चस्तरीय भ्रमणमा राष्ट्र प्रमुख र प्रधानमन्त्रीकै हुन्छ । त्यो चाहिँ समय आएपछि यहाँहरूलाई जानकारी हुन्छ नै ! अहिले नै भन्दा पनि त्यसलाई खास समयमा हामीहरूले यहाँहरूलाई जानकारी गराउने नै छौं । उत्तरी नाका खोल्न पहल गरिराखेका छौं । चीनका विदेश मन्त्री वाङसँग सोही माग राखेर १ घण्टा टेलिफोन वार्ता गरिएको छ । चिनिया राजदूतसँग पनि सो नाका खोल्ने विषयमा कुराकानी भएका छन् । दुवै देशको हितमा भएकाले नाका छिट्टै खुल्ने विश्वास लिएका छौं ।’

Vianet communication

मन्त्री खड्काले युक्रेनमाथि रुसको आक्रमणले विश्व शान्ति खल्बल्याउने बताए । उनले ठूला र साना देशको सम्बन्ध पनि खल्बलिने भएकाले नेपालले असंलग्न परराष्ट्र नीतिमै अडिएर त्यस सम्बन्धमा वक्तव्य निकालेको दाबी समेत गरे । युक्रेनको पक्षमा नेपाल सरकारले वक्तव्य निकालेको प्रचार भइरहेका बेला मन्त्री खड्काले मुलुकको परराष्ट्र नीति, सबै राष्ट्रहरूको सार्वभौमिकता र संयुक्त राष्ट्र संघको बडापत्रको समेत सम्मान गर्दै नेपाल सरकारले वक्तव्य जारी गरेको स्पष्ट पारे ।

उनले भने, ‘खास गरेर एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्रमाथि जुन खालको हमला भयो । यसले विश्व शान्ति खल्बलियो । संयुक्त राष्ट्र संघको बडापत्र बमोजिम एउटा सदस्य राष्ट्र हौं र यसले ठूला–साना देशको सम्बन्धलाई खल्बल्याउने भएको हुनाले संयुक्त राष्ट्रसंघको बडापत्रको सम्मान गर्दै, हामीहरूले वक्तव्य पनि जारी गर्‍यौं र त्यो असंलग्न परराष्ट्र नीतिकै एउटा पाटो हो । सार्वभौमिकताको सम्मान हुनुपर्छ भन्ने हिसावले, संयुक्त राष्ट्र संघको बडापत्र र अन्तराष्ट्रिय कानूनलाई समेत सम्मान गर्दै वक्तव्य निकालिएको हो ।’

परराष्ट्र मन्त्रालयले विभिन्न देशमा रिक्त रहेका राजदूतहरूको नियुक्तिमा ढिलाइ नहुने बताएको छ । मन्त्री खड्काले विभिन्न देशमा रिक्त रहेका राजदूतहरूको नियुक्ति छिटोभन्दा छिटो हुने बताए । उनले एमसीसी वा सत्ता गठबन्धनका कारण राजदूत नियुक्तिमा ढिलाइ भएको स्वीकार गर्दै अब त्यसो नहुने प्रतिबद्धता जनाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x