×

NMB BANK
NIC ASIA

खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गरिनु सकारात्मक पक्ष हो : मुख्यमन्त्री पोखरेल

फागुन २८, २०७८

NTC
फाइल फोटो
Premier Steels

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऐतिहासिक २ स्थललाई जोड्ने गरी व्यास नगरपालिकाले दूरदर्शिता कायम गरेको बताएका छन् ।

Muktinath Bank

व्यास नगरपालिका–५ मानुङकोटदेखि व्यास–८ पुलिमराङसम्मको ४४ किलोमिटरको नगरपालिकाद्वारा शनिवार आयोजित अल्ट्रा म्याराथनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले मानुङकोटबाट शहीदग्राम पुलिमराङलाई खेलकुदका माध्यमबाट परिचित गराउन म्याराथनले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गण्डकी प्रदेश सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गरिनु सकारात्मक पक्ष भएको उनले बताए । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बर्सेनि म्याराथनलाई प्राथमिकता राखिँदै आइएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

नगरपालिकाले खेलकुदकै लागि २२ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए । नगर प्रमुख न्यौपानेले मानुङकोटमा पानीको चरम समस्या रहेकाले गण्डकी प्रदेश सरकारको सहयोगको अपेक्षा गरे ।

Vianet communication

उपप्रमुख मीरा जोशी, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, व्यास–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ लगायतका वक्ताले व्यास नगरपालिकाले दीर्घकालीन सोचका साथ पर्यटन प्रवद्र्धन गर्न म्याराथनको आयोजना गरेको बताए । यससँगै पाँचौं व्यासनगर अल्टा म्याराथन २०७८ आयोजना गरिएको हो ।

हरेक नयाँ वर्षको पछिल्लो अंकलाई पुरस्कारको राशिमा समेट्ने परम्परालाई कायम राख्दै यस वर्ष प्रथम पुरस्कार ८५ हजार ७८, द्वितीय ६५ हजार ७८, तृतीया ५५ हजार ७८ र सान्त्वना पुरस्कार ५ जनालाई जनही १६ हजार ७८ रुपैयाँका दरले प्रदान गरिने छ ।

म्याराथनको सम्पूर्ण धावन रुट यथावत कायम रहने गरी धावनमार्गमा विभिन्न ८ स्थानमा चेकप्वाइन्टको व्यवस्था गरिएको छ । म्याराथनमा १७३ जना धावकले सहभागिता जनाएको रेस डाइरेक्टर रमेशबहादुर भट्टचनले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x