०३ साउन २०८३, आइतबार

रुसी हमलाका बीच जंगल गएका थिए एक युक्रेनी किसान, आउँदा अर्बपति बनेर फर्किए !

चैत २, २०७८
रुसी हमलाका बीच जंगल गएका थिए एक युक्रेनी किसान, आउँदा अर्बपति बनेर फर्किए !

रुस र युक्रेनबीचको युद्ध जारी छ । फेब्रुअरी २४ बाट शुरू भएको दुई देशबीचको युद्ध अझै थामिएको छैन । 

यही युद्धको बीचमा एक युक्रेनी किसानको भने भाग्यो खुल्यो । 

रुसी आक्रमणको बेला एक युक्रेनी किसान जंगलमा गएका थिए । सबैभन्दा अचम्मको कुरा के छ भने उनी जंगलबाट निस्केपछि १५ अर्ब रूपैयाँको मालिक बने । 

जंगलभित्र किसानले रूसी सेनाको ट्यांक भेट्टाए, जसलाई उनले आफ्नो कब्जामा लिए । रुसको मिलिटरी ट्याङ्क कब्जामा लिएर यी किसान अर्बौंको मालिक बनेका हुन् । 

सामाजिक सञ्जालमा भाइरल भएको तस्वीरमा किसान ट्यांकमा सवारी गरेको देखिन्छ । 

यो ट्यांकबाट मिसाइलमार्फत आक्रमण गर्न सकिन्छ । ती व्यक्तिले यो ट्यांक आफ्नो घर बाहिर पार्क गरेका छन् । 

समाचारअनुसार ती किसानको नाम इगोर हो । उनी हरेक बिहान जंगल घुम्न जाने गर्थे । 

एक दिन बिहान जंगलबाट आउँदा रुसी सेनाको ट्याङ्क लिएर आए । उनले यो ट्यांक जंगलमा फेला पारेका थिए । यसपछि गरीब किसान अर्बपति बने । 

इगोरले फेला पारेको ट्यांकको नाम 'द टोर' हो । यो ट्यांक सोभियत संघमा निर्माण गरिएको हो, जुन निकै शक्तिशाली छ ।

यो जुनसुकै मौसममा पनि लड्न सक्ने गरी तयार गरिएको हो । यसले मध्यम र छोटो दूरीमा जमिनबाट हावामा मिसाइलबाट हमला गर्न सक्छ । यसको प्रयोग गरेर हेलिकप्टर, लडाकु विमान, मिसाइल समेत नष्ट गर्न सकिने बताइएको छ । -अमरउजालाबाट

salt training

कमेन्ट गर्नुहोस्