×

NMB BANK
NIC ASIA

हट्यो पेट्रोलियम पदार्थ ढुवानी र बिक्रीवितरणको अवरोध, आजैदेखि सहज रूपमा पाइने

चैत २०, २०७८

NTC
Premier Steels

आज (आइतवार) बिहानदेखि पेट्रोलियम पदार्थको सहज र बिक्रीवितरण सहज बनेको छ ।

Muktinath Bank

सरकार र पेट्रोलियम व्यवसायीबीच शनिवार राति ४ बुँदे सहमति जुटेसँगै पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरणको अवरोध हटेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यवसायीले कमिसन र भाडा बढाउनुपर्ने माग गर्दै आन्दोलन थालेपछि काठमाडौं उपत्यकासहित देशैभर पेट्रोलिम पदार्थको अभाव देखिएको थियो भने काठमाडौंका पेट्रोल पम्पमा शुक्रबारदेखि नै चर्को लाइन देखिएको थियो ।


Advertisment
Nabil box
Kumari

शनिवार राति यही समस्या समाधानका लागि नेपाल आयल निगमको पहलमा भएको दुई पक्षीय वार्तामा ४ बुँदे सहमति भएसँगै व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् ।

Vianet communication

आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एलपीग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रमहरू शनिवारदेखि नै स्थगन गरी पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको ढुवानी तथा बिक्री वितरणको कार्यलाई यथावत् रूपमा सञ्चालन गर्ने सहमति भएको बताए ।

४ बुँदे सहमतिमा निगमको तर्फबाट उपाध्याय र व्यवसायीको तर्फबाट राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका प्रवक्ता विश्वप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् । 

निगमको केन्द्रीय कार्यालय, टेकुमा राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले गत फागुन २३ मा निगम समक्ष पेस गरेको मागहरूका सम्बन्धमा गम्भीर छलफल भएको उपाध्यायको भनाइ छ ।

वार्तापछि जारी विज्ञप्तिमा पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र एलपी ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा ७ दिनभित्र उचित निष्कर्ष निकाल्ने भनिएको छ ।

यस्तै अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्ने गरी आवश्यक कार्य गर्ने सहमति भएको छ ।

पेट्रोलियम पदार्थका उपभोक्ताहरूलाई सहज र सरल ढङ्गले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो कार्यालयहरू आइतबार बिहान  ८ बजेबाट नै सञ्चालन गरिनेछ ।

निगमले हाल गर्मीयाम सुरू भई सकेकाले अत्यन्त प्रज्वलनशील पेट्रोलियम पदार्थ आवश्यक परिमाणमा मात्र खरीद गर्न एवं अनावश्यक सञ्चिति नगर्न उपभोक्तामा अनुरोध गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २९, २०८१

​​​​​​हुन्डाई ​गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)ले ​​'हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट' शुभारम्भ गरेक...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

बैशाख २५, २०८१

नेपालका लागि टाटा मोटर्सको ​एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण स...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

बैशाख २९, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x