२२ असार २०८३, सोमबार

क्यान इन्फोटेक–२०२२ को तयारी अन्तिम चरणमा, साढे ३ लाखले अवलोकन गर्ने

क्यान इन्फोटेक–२०२२ को तयारी अन्तिम चरणमा, साढे ३ लाखले अवलोकन गर्ने

आगामी बैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ६ दिन आयोजना हुने आइएमई पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्युआरको तयारी अन्तिम चरणमा पुगेको छ ।

सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७ औं संस्करण यसअघि कोभिड–१९ तथा सोहि सम्बन्धि नेपाल सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै २ पटक स्थगित भएको इन्फोटेकको तयारी अन्तिम चरणमा पुगेको क्यानले जनाएको हो ।

२७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन आईएमई पेले गरेको छ भने सह-प्रायोजक एससिटी स्मार्ट क्युआर युनियन पे रहेको छ ।

विगतका वर्षहरूमा साधारणतया पुस/माघ/फाल्गुण महिनामा आयोजना भइरहेको क्यान इन्फोटेक, यो वर्ष कोभिड–१९ का कारण विगत वर्षहरूका इन्फोटेक भन्दा करीब ३ महिना ढीला गरी आयोजना हुँदैछ ।

यसको आयोजनाले कोभिड–१९ का कारण प्रभावित भएका तथा नभएका सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरूलाई राहत तथा सहयोग पुग्ने अपेक्षा गरिएको पत्रकार सम्मेलनमार्फत क्यानले जनाएको छ । 

इन्फोटकको प्लाटिनम प्रायोजक  - वर्ल्डलिङ्क कम्युनिकेसन, डायमण्ड प्रायोजक -  डिस होम फाइवरनेट, गोल्ड प्रायोजकमा - जेनेरेसन नेक्स्ट र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, सिल्भर प्रायोजकमा - नमस्ते पे, डिजिकम, एस-पावर, ब्रोडवे इन्फोसिस, हुवावे टेक्नोलोजीज र टेकमिन्ट रहेका छन् । त्यसैगरी इन्नोभेसन पार्टनर सफ्टवेरिका कलेज, एकेडेमिक पार्टनरको रुपमा सनवे कलेज, लजिस्टिक पार्टनरमा एक्सल्याब, इकमर्स पार्टनर सोचेको डट कम र डिजिटल डिस्प्ले पार्टनरको रुपमा अल्ट्रा एल.इ.डि. रहेका छन । 

क्यान इन्फोटेकको यो संस्करणमा विश्वव्यापी रुपमा सहभागिता हुनसक्ने गरि caninfotech2022.com मार्फत भर्चुअल प्रदर्शनी समेतको व्यबस्था हुने क्यानले जनाएको छ ।

उक्त  भर्चुअल प्रदर्शनीको निम्ति मण्डला सिस्टमले भर्चुअल एक्जिविसन पार्टनरको रुपमा  क्यान महासंघसंग सहकार्य गरेको छ ।

त्यसैगरी प्रदर्शनीमा गुणस्तरीय खाना तथा नास्ताको प्रवन्ध गर्न रेबानसँग सहकार्य गरिएको छ । यसैगरी प्रदर्शनीको अफिसियल बैंकको रुपमा ग्लोबल आइएमई बैंक, अफिसियल इन्स्युरेन्सको रुपमा आइएमई जनरल ईन्स्युरेन्स रहेका छन् । 

इन्फोटेकलाई नेपाल सरकार सञ्चार तथा सुचना प्रविधी मन्त्रालय, सुचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुविसु केवलनेट, भायानेट, रोबोटिक्स एसोसियसन अफ नेपाल लगायत अन्तराष्ट्रिय संस्था विट्सा, असोसियो को  प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग एवं समर्थन रहेको छ ।

ब्राण्डिङ खण्डमा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनी एवं उत्पादनहरूको सहभागिता रहने क्यानले जनाएको छ ।

फिन्टेक खण्डमा नेपालमा रहेका बैंक तथा वित्तीय एवं सम्बन्धित संस्थाहरूको सुचना तथा संचार प्रविधिको प्रयोगले प्रवाह हुने सेवा तथा यस सम्बन्धि उत्पादनहरू रहने छन् ।

स्टार्टअप र इन्नोभेशन खण्डमा २६ वटा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरू र आइडिया को प्रदर्शनी गर्ने छन् ।

इन्नोभेशनका निम्ति क्यान महासंघ नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानसंग सहकार्य गरेको छ भने स्टार्टअपका निम्ति निम्ति क्यान महासंघले सार्वजनिक सुचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागि हुन आह्वान गरेर प्राप्त आवेदनहरूबाट छनौट गरिसकिएको छ ।

सुचना तथा संचार प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरूको प्रवर्द्धन गर्ने आफ्नो योजनाअनुरुप क्यान महासंघले स्टार्टअप र इन्नोभेशनलाई बिशेष प्राथमिकतामा राखेको हो ।

सूचनाप्रविधि सम्बन्धि अध्ययन एवं कार्य गरिरहेका विद्यार्थीहरूको क्षमता विकास गर्नु, उनीहरूको आइडियालाई प्लाटफर्म प्रदान गर्नु, इन्नोभेटिभ आइडियालाई ब्यबसायमा बदल्न मद्दत गर्नु र व्यवहारपयोगी शिक्षामा योगदान गर्नु पनि यसको उद्देश्य रहेको क्यानले जनाएको छ  ।

आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ खण्डमा व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । 

यस बाहेक क्यान इन्फोटेक २०२२ मा रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि, वाइफाइ तथा इण्टरनेट लगायतका कुराहरू रहनुका साथै व्यवसायीहरूले सफ्टवेयरहरू, नेटवर्किङ र क्लाउड सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम सोल्युशन, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरू प्रदर्शनी तथा बिक्रीमा राख्नेछन् । 

त्यसैगरी, आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धि जानकारी, आइटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने  सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रदर्शनीमा रहनेछन् । 

अघिल्लो पटक करिब साढे ३ लाखले अवलोकन गरेको क्यान इन्फोटेकको यो संस्करणमा पनि साढे ३ लाखकै हाराहारीमा अवलोकनकर्ता सहभागी हुने क्यानको भनाइ छ । 

  यस पटकको इन्फोटेक पेपरलेस एवं क्यासलेस प्रवेश टिकट को व्यवस्था गरिने छ, जसमा प्रवेश शुल्क जम्मा रू १ मात्र तोकिएको छ भने उक्त प्रवेश टिकटलाई आइएमइ पेले व्यवस्थापन गर्ने क्यानले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्