×

NMB BANK
NIC ASIA

घरजग्गामा २३ प्रतिशतले लगानी बढ्दा शेयर धितो कर्जा भने साढे १० अर्बले घट्यो

बैशाख ४, २०७९

NTC
Sarbottam
फाइल तस्वीर।
Premier Steels
Marvel

बैंक तथा वित्तीय संस्थाले घरजग्गामा २३.४० प्रतिशतले लगानी बढाएका छन् । चालू आर्थिक वर्षको ८ महिनामा घरजग्गामा लगानी बढेको भए पनि शेयर धितो कर्जा भने करीब १० प्रतिशतले घटेको छ ।

Muktinath Bank

राष्ट्र बैंकको मौद्रिक नीतिका कारण घरजग्गामा लगानी बढेको देखिए पनि शेयर धितो कर्जा भने भदौदेखि नै नियमित रुपमा घटेको छ । शेयर धितो कर्जालाई राष्ट्र बैंकले नै निरुत्साहित गरेका कारण घट्दै गएको हो । तर, घरजग्गामा भने नगद मार्जिन राखेर कडाइ गर्दासमेत गत वर्ष फागुनको तुलनामा यो वर्षको फागुनमा ४० अर्ब ३२ करोड रूपैयाँभन्दा बढीले बढेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जामा कडाइ गर्न पछिल्लो समय नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । यस्तो लगानी गत महिना नगद मार्जिनको व्यवस्था केही कम भएको मात्रै देखिएको छ । फागुन महिनाको तुलनामा माघमा घरजग्गामा गएको ऋण एक अर्ब रूपैयाँले बढेको छ । 


Advertisment
Nabil box
Kumari

फागुनसम्ममा बैंकहरूको घरजग्गामा भएको लगानी दुई खर्ब १२ अर्ब ६७ करोड रूपैयाँ छ । यस्तो लगानी गत वर्षको सोही अवधिमा एक खर्ब ७२ अर्ब ३४ करोड रूपैयाँ मात्रै भएको पनि राष्ट्र बैंकले जारी गरेको तथ्यांकमा उल्लेख छ । 

Vianet communication
Laxmi Bank

यो अवधिमा डेढ करोड रूपैयाँ भन्दा बढीका व्यक्तिगत घर कर्जाको लागि बैंकहरूले ३ खर्ब ३७ अर्ब रूपैयाँ लगानी गरेका छन् । यस्तो लगानी गत वर्षको सोही अवधिमा २ खर्ब ७३ अर्ब रूपैयाँ मात्रै थियो । 

सवारी कर्जामा भएको बैंकहरूको लगानी भने फागुनसम्ममा एक खर्ब ६८ अर्ब रूपैयाँ रहेको छ । सवारी कर्जामा बैंकहरूले गरेको यस्तो लगानी गत वर्षको फागुनसम्ममा ८१ अर्ब रूपैयाँ मात्रै थियो ।

शेयर धितो कर्जा १० अर्बले घट्यो 

चालू आर्थिक वर्षको ८ महिनामा शेयर धितो कर्जा १० अर्ब रूपैयाँले घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार मौद्रिक नीतिले शेयर धितो कर्जामा कडाइ गरेपछिको ८ महिनामा बैैंकहरूबाट प्रवाह भएको मार्जिन प्रकृतिको कर्जा १० अर्ब ४८ करोड रूपैयाँले घटेको छ । असारको तुलनामा ठूला लगानीकर्ताले शेयर धितोमार्फतको कर्जा तिरेका कारण यस्तो कर्जा घटेको तथ्यांकले देखाएको छ । 

मौद्रिक नीतिले एक जना व्यक्तिले ४ करोड र प्रतिपरिवार १२ करोड रूपैयाँसम्म मात्रै शेयर धितोमा कर्जा लिन पाउने व्यवस्था गरेको छ । यो भन्दा बढी लिनेले थप कर्जा नपाउने र सीमाभन्दा बढी लिएको कर्जा तिर्नुपर्ने व्यवस्थाका कारण पनि शेयर धितो कर्जा घटेको देखिएको छ ।

शेयर धितो कर्जा असार मसान्तमा एक खर्ब ६ अर्ब रूपैयाँ थियो । यस्तो कर्जा फागुन मसान्तमा आइपुग्दा ९५ अर्ब ८० करोड रूपैयाँ मात्रै रहेको पनि राष्ट्र बैंकले जारी गरेको तथ्यांकले देखाएको छ । 

शेयर धितो कर्जा गत वर्षको ८ महिनाको तुलनामा भने १४ अर्ब ३८ करोड रूपैयाँले बढेको छ । गत वर्षको उक्त अवधिमा शेयर धितो कर्जा ८१ अर्ब ४१ करोड रूपैयाँ मात्रै थियो । 

शेयर धितोका साना ऋणी भने बढे

राष्ट्र बैंकको नीतिका कारण ठूला ऋणीलाई शेयर धितो कर्जा नदिने र लिएको पनि फिर्ता गर्नुपर्ने प्रावधानका कारण साना ऋणी भने बढेका छन् । 

२५ लाख रूपैयाँ भन्दा कम ऋण लिएर लगानी गर्ने लगानीकर्ताको संख्या ८ महिनामा १५.६ प्रतिशतले बढेको छ । यो अवधिमा साना लगानीकर्ताल १ अर्ब १५ करोड रूपैयाँले बढाएर ८ अर्ब ५२ करोड रूपैयाँ पुर्‍याएका छन् । 

यो अवधिमा २५ लाखदेखि ५० लाख रूपैयाँसम्म लगानी गर्ने लगानीकर्ता पनि १६ प्रतिशतले बढेका छन् । यस्ता लगानीकर्ताले ८ महिनामा नै २ खर्ब १२ करोड रूपैयाँले शेयर धितो कर्जामा लगानी बढाएर ३ अर्ब ५७ करोड रूपैयाँ पुर्याएका छन् । 

१ करोड रूपैयाँ भन्दा बढी ऋण लिने ठूला लगानीकर्ताले भने लिएको ऋण तिर्नुपरेका कारण ऋण नै १३ अर्ब ७४ करोड रूपैयाँले कम भएको छ । 

बैंकहरूको नाफा ५२ अर्ब 

बैंक तथा वित्तीय संस्थाहरूको नाफा ८ महिनामा नै १०.६३ प्रतिशतले बढेको छ । 

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५२ अर्ब रूपैयाँ खुद मुनाफा कमाएका छन् । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन २०७८ सम्मको तथ्यांकअनुसार वाणिज्य बैंक र विकास बैंकहरूले चालू आवको ८ महिनामा कमाएको यस्तो मुनाफा गत वर्षको सोही अवधिको तुलनामा करीब ५ अर्ब रूपैयाँले बढी हो । गत वर्ष यस्तो मुनाफा ४७ अर्ब रूपैयाँ थियो । 

वाणिज्य बैंकहरूले मात्रै चालू आवको ८ महिनामा ४६ अर्ब ८६ करोड रूपैयाँ खुद मुनाफा कमाएका छन् । वाणिज्य बैंकहरूको यस्तो नाफा अघिल्लो वर्षको यही अवधिमा ४१ अर्ब ९५ करोड रूपैयाँ थियो । 

यो अवधिमा विकास बैंकहरूको नाफा ४ अर्ब ३२ करोड रूपैयाँ रहेको छ । विकास बैंकहरूले गत वर्ष कमाएको यस्तो नाफा विकास बैंकहरूको ४ अर्ब २४ करोड रूपैयाँ रहेको थियो । 

बैंकहरूले नाफा कमाएकै कारण उक्त अवधिमा कर प्रयोजनका लागि १९ अर्ब ६० करोड रूपैयाँ छुट्याएका पनि छन् । यो अवधिसम्ममा वाणिज्य बैंकहरूले कर्मचारीको बोनस प्रयोजनका लागि पनि ६ अर्ब ३५ करोड रूपैयाँ छुट्याएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x