२८ असार २०८३, आइतबार

वडासदस्य सत्यालको निधन

वडासदस्य सत्यालको निधन

काठमाडौँ महानगरपालिका वडा नं ३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ ।विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं ३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे निधन भएको हो । उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उनले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए ।

नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट आफ्नो राजनीति अगाडि बढाएका सत्याल त्रिचन्द्र क्याम्पसको पूर्वस्ववियु पदाधिकारी थिए । उनको गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्