१० साउन २०८३, आइतबार

दोर्दी खोला जलविद्युतले आईपीओ जारी गर्ने

दोर्दी खोला जलविद्युतले आईपीओ जारी गर्ने

दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० अंकित १० करोड ५४ लाख २६ हजार मूल्य बराबरका १० लाख ५४ हजार २६० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले यही वैशाख १३ गतेदेखि आफ्नो जारी पुँजी एक अर्ब पाँच करोड ४२ लाख ६० हजार ४०० को १० प्रतिशतले हुने १० करोड ५४ लाख २६ हजार ४०० मूल्य बराबरका १०० अंकित दरका १० लाख ५४ हजार २६० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रमा पर्ने लमजुङको दोर्दी गाउँपालिकाका स्थायी बासिन्दाका लागि निष्काशन गर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

स्थानीयले वैशाख १३ गतेदेखि छिटोमा वैशाख २७ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी फागुन ११ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।

कम्पनीले हाल दोर्दी भएर बहने दोर्दी खोलाको पानी उपयोग गरी  १२ मेगावाट क्षमताको ‘दोर्दी १ जलविद्युत् आयोजना’ निर्माण गरिरहेको छ ।

स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । 

साथै सिद्धार्थ बैंकको बेंसीशहर शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक तथा एनएमबी बैंकको बेंसीशहर शाखाबाट समेत शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी–आइआर बिबी माइनस’ रेटिङको प्रमाणपत्र प्रदान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्