मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बैशाख ९, २०७९
कालिकोटको तिलागुफा नगरपालिकाका ७३ वर्षीय शिवलाल न्यौपाने शुक्रवार बिहान हातमा टिकट लिएर सुर्खेत बसपार्कमा जिल्ला जाने बस खोज्दै यताउता दौडिरहेका थिए । उस्तै उमेरका अन्य केही साथीहरू पनि उनीसँगै बसपार्कमा थिए ।
जीवनका झण्डै पाँचदशक लत्ताकपडाको व्यापार व्यवसायमा बिताएका न्यौपाने पछिल्लो समय तराईका जिल्लामा बस्दै आएका छन् । अहिलेचाहिँ वैशाख ३० गते हुने स्थानीय तह चुनावको चटारोले गाउँ जान लागेका हुन् ।
विगतमा गाविसको संरचना छँदा वडा सदस्यमा लडेका न्यौपानेका छोरा पर्ने एकजना यसपटक वडाध्यक्षको उम्मेदवार बन्ने योजनामा छन् । उम्मेदवारी मनोनयनको दिन नजिकिँदै गर्दा उनलाई कालिकोट पुग्ने चटारो छ । चुनाव लागेकाले उनी हतार–हतार गाउँ फर्किन लागेका रहेछन् ।
चुनाव नजिकिँदै गर्दा अब गतिला प्रतिनिधि आउलान् भन्ने उनलाई आशा छ । ‘अहिले गाउँमा नेतालाई निको (राम्रो) मान्दैनन्, आफ्नै भुँडी भरे भनेर जनता कराइरहेका छन्,’ न्यौपानेले लोकान्तरसँग भने, ‘गाउँमा केको सिंहदरबार आउनु, टाठाबाठा नेताले सब उतै लगिगए ।’
पाँच वर्षको अवधिमा गाउँमा विकास र उन्नति नभएको उनको बुझाइ छ । न्यौपानेसँग कुरा गर्दैगर्दा तिलाखानी रारालिनका जयबहादुर राउत र रामबहादुर शाही आइपुगे । स्थानीय तह र नेताहरूको कुरा गर्दा उनीहरूको पारो तातेर आयो ।
आफ्नो जन्ममिति घटाइदिएकोमा सरकारी कर्मचारीसँग आक्रोशित जयबहादुर राजनीतिक दलका नेताले गर्दा नै कर्णालीको विकास हुन नसकेको आरोप लगाउँछन् ।
‘गाउँमा केही विकास भएको छैन । पाँच वर्षमा नेताहरूको बोसो लाग्ने मात्र काम भयो,’ राउतले भने ।
विनाप्रसंग उनीहरूले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को कुरा निकाले ।
शिवलाल र जयबहादुर जस्तै कालीप्रसाद भट्टराई पनि स्थानीय तहका जनप्रतिनिधिले पहिलो कार्यकालमा गरेका कामबाट पटक्कै सन्तुष्ट छैनन् ।
‘यसो लाग्छ भोट हालिकन कुनै उपलब्धि हुँदैन भने हामी किन जाने ?’ जुम्लाको तिला गाउँपालिका– ३ लुम्सेराका मतदाता रहेका भट्टराईले भने, ‘हुन त खराबलाई हराउन र राम्रालाई जिताउन पनि भोट हाल्न त जानुपर्ला ।’
कर्णालीका मतदाताको साझा प्रश्न छ, ‘व्यवस्था फेरिए पनि किन हाम्रो अवस्था फेरिएन ?’
प्रश्न गर्नुछ– पाँच वर्षमा के गर्यौ ?
विभिन्न जिल्लामा कम्मलको व्यापार गर्ने सिंजा गाउँपालिका– ५ फुङ्रा जुम्लाका वीरबहादुर रोकाया चुनावको मुखमा गाउँ फर्किँदैछन् ।
पाँच वर्षको अवधिमा के काम भयो भनेर सोध्नका लागि गाँउ जान लागेको उनले बताए । ‘चुनावपछिको पाँच वर्षमा गाउँमा केही परिवर्तन भएन, दिएका आश्वासन झूटा भए,’ रोकायाले भने ।
सुर्खेतमा भेटिएका अछामको पञ्चदेवल नगरपालिाका– ४ का खड्गबहादुर बोहरा स्थानीय सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाउँछन् ।
‘हाम्रो नगरपालिका त सुदूरपश्चिममा नै भ्रष्टाचारमा दोस्रो भयो रे भनेर गोरखापत्र (पत्रिका)मा आएको थियो,’ बोहोराले भने, ‘कर्णाली र सुदूरपश्चिमका सबै स्थानीय पालिकाको हालत उही हो ।’
सुदूरपश्चिम प्रदेश र अछाम जिल्लाको भएपनि कर्णालीका जिल्लामा आश्रित पञ्चदेवल कालिकास्थानका बासिन्दा स्थानीय जनप्रतिनिधिसँग आक्रोशित छन् ।
‘हाम्रो भोट मात्र लिएका छन्, हाम्रो ठाउँमा स्कूल नभएर बालबच्चालाई पढ्नका लागि दैलेखको राकम पठाउनुपरेको छ,’ बोहोराले भने ।
यसपटक भोट माग्न आउनेले जनताको प्रश्नको चित्तबुझ्दो जवाफ दिनुपर्ने बोहोराको भनाइ छ ।
‘गाउँगाउँमा सिंहदरबार’ आएको भनेर प्रचार गरे पनि स्थानीय सरकारको पहिलो कार्यकालमा प्रतिनिधिले जनताको मन जित्न नसकेको कर्णालीका मतदाताको आक्रोश छ ।
'राम्रा प्रतिनिधि आएनन् भने हाम्रा बालबच्चाले दुःख पाउँछन्'
कालिकोटको शुभकालिका गाउँपालिका कालेबाडाका करण विश्वकर्मा चुनावको मुखमा भारत फर्किँदै छन् ।
तीन बालबच्चा पढाउन सुर्खेतमा बसेकी पत्नी करणलाई बिदाइ गर्न बसपार्कमा आएकी थिइन् ।
‘गाउँमा राम्रो स्कूल भएको भए बालबच्चा पढाउन किन यहाँ आउनुपर्थ्यो ? अहिलेका नेता त आफ्नै भुँडी भर्न लागिपरे,’ गंगा विश्वकर्माले भनिन् ।
गंगा–करण दुवैको चाहना राम्रा जनप्रतिनिधि आएर गाउँका विद्यालय सुधारुन् भन्ने छ ।
‘जनताको दुःख देख्ने नेता आएनन् भने हाम्रा बालबच्चाले पनि दुःख पाउने भए,’ करणले गुनासो पोखे ।
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...