×

NMB BANK
NIC ASIA

बाँकेमा ७७ को उम्मेदवारी फिर्ता

बैशाख १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बाँकेको आठ स्थानीय तहमा विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका ७७ जनाले आज उम्मेदवारी फिर्ता  लिएका छन्  । खासगरी राजनीतिक दलतर्फ गठबन्धनमा रहेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) लगायतका दल र स्वतन्त्रबाट प्रमुख, उपप्रमुख तथा अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्य, महिला सदस्य लगायतको पदमा परेको उम्मेदवारी फिर्ता भएको निर्वाचन अधिकृतका विभिन्न कार्यालयले जनाएका छन् । 

Muktinath Bank

    नेपालगञ्ज उपमहानगरपालिकामा १४, कोहलपुर नगरपालिकामा १६, राप्तीसोनारी गाउँपालिकामा १२, खजुरा गाउँपालिकामा १२, डुडुवा गाउँपालिकामा पाँच, जानकीमा सात, बैजनाथमा सात र नरेनापुरमा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् । सबैभन्दा बढी १६ उम्मेदवारी फिर्ता लिनेमा कोहलपुर नगरपालिका र सबैभन्दा कम चार उम्मेदवार फिर्ता लिनेमा नरेनापुर गाउँपालिका रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपालगञ्जमा उम्मेदवारी फिर्ता लिनेमा प्रमुख पदमा एक, उपप्रमुख पदमा एक, वडाध्यक्ष छ, महिला सदस्य तीन, दलित महिला सदस्य एक, खुला सदस्य दुईजना छन् । उनीमहरुमध्ये छजना स्वतन्त्र उम्मेदवार हुन् भने अन्य विभिन्न राजनीतिक दलका हुन् । कोहलपुर नगरपालिकामा उम्मेदवारी फिर्ता लिएका १६ मध्ये एकजना प्रमुख, पाँच वडाध्यक्ष अन्य सबै वडा सदस्य रहेका छन् । 


Advertisment
Nabil box
Kumari

राप्ती सोनारी गाउँपालिकामा १२ मध्ये आठजना स्वतन्त्र र चार विभिन्न राजनीतिक दलका छन् । तीमध्ये तीन वडाध्यक्ष, एक महिला सदस्य र आठ वडा सदस्य छन् । खजुरा गाउँपालिकामा १२ मध्ये तीन वडाध्यक्ष र नौ वडा सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् । डुडुवा गाउँपालिकामा पाँचमध्ये एकजना उपाध्यक्ष र चार वडाध्यक्षले मनोनयन फिर्ता लिनुभएको छ । जानकी गाउँपालिकामा सातमध्ये अध्यक्ष एक, उपाध्यक्ष एक, तीन वडाध्यक्ष र दुई वडा सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरु सबै स्वतन्त्रतर्फका हुन् । 

Vianet communication
Laxmi Bank

बैजनाथ गाउँपालिकामा सातमध्ये अध्यक्ष पदमा एक, वडाध्यक्षमा चार र वडा सदस्यमा दुईले उम्मेदवारी फिर्ता लिएको विभिन्न निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बाँकेका आठ पालिका प्रमुख र उपप्रमुख तथा ८१ वडाध्यक्षका लागि दुई हजार ३२९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । 

    जिल्लामा कूल मतदानस्थल १३६ र मतदान केन्द्र ३७९ छन् । सुरक्षाका दृष्टिकोणले ११२ अतिसंवेदनशील र २४ संवदेनशील मतदानस्थल छन् । जिल्लामा राष्ट्रिय मान्यता प्राप्त छ दलबाहेक साना २३ दल यसपटक निर्वाचनमा सहभागी भएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x