×

NMB BANK
NIC ASIA

बेल्जियममा मनाइयो अन्तराष्ट्रिय मजदुर दिवस

बैशाख १८, २०७९

NTC
Premier Steels

१३३ औं अन्तराष्ट्रिय श्रमिक दिवस संसारभरी नै  विभिन्न कार्यक्रम गरी  मनाइएको छ । श्रमिकको हकअधिकारको सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाइँदै आइएको छ। 

Muktinath Bank

यसै सन्दर्भमा नेपाली जनप्रगतिशील मन्च बेल्जियमको आयोजनामा १३३ औं अन्तराष्ट्रिय मजदुर दिवस शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम  गरेर सम्पन्न गरेको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंचका सल्लाहकार, कार्यसमिती सदस्यहरू उपस्थित रहेको कार्यक्रममा  कार्यक्रममा बोल्दै मन्चका अपाध्यक्ष निर्मला बजगाईंले संसारभरी रहेका मजदुरहरूको लागी आजको दिन महत्वपूर्ण रहेको भन्दै मजदुर हक र अधिकारको निम्ती सबै एकजुट हुनुपर्ने बताइन् । 


Advertisment
Nabil box
Kumari

कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहेका जनप्रगतिशील मन्च युरोपका संयोजक सुरेन्द्र भुषालले देश विदेशमा रहेका सम्पूर्ण श्रमजिवी वर्गको हक हितका लागी क्रान्तिकारी शक्तिले आवाज उठाउँदै आएको र नेपालमा मजदुरको असली सारथी नेकपा माओवादी केन्द्र रहेको बताए । 

Vianet communication

प्रगतिशिल महिला मञ्च यूरोपको इन्चार्ज शुष्मा भुषालले आजको दिन मजदुरहरूको सुखदु:ख साटासाट गर्ने दिन रहेको बताउँदै तल्लो वर्ग र मजदुर वर्गको उत्थानको लागी हामी सबैले राज्यलाई दवाव दिनुपर्नेमा जोड दिइन् ।

मंचका अध्यक्ष प्रकाश पौडेलको अघ्यक्षतामा सम्पन्न कार्यक्रम संचालन महासचिव कल्पना मगरले गरेकी थिइन् ।

वि. सं २००७ सालदेखि श्रमिक दिवस मनाउन थालिएको हो। विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै श्रमक दिवस मनाउन थालिएको हो। तर २०४६ को राजनीतिक परिवर्तनपछि मात्रै मे १ तारिखमा सार्वजनिक बिदा दिन थालिएको हो।

सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित मजदुर आन्दोलन भएको थियो। उक्त दिनको सम्झनामा नेपालसहित विश्वभर श्रमिक दिवस मनाइन्छ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले मे १ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने घोषणा गरेसँगै सन् १९९० देखि विश्वभर यो दिवस मनाइन्छ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ७, २०८१

​चालू आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्व...

बैशाख १९, २०८१

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन मान्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत बुधबार शुभकामना व्यक्त गर्दै उनले श्रम नै जीवन, श्रम नै विश्वास, श्रम नै पू...

कात्तिक २७, २०८०

ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।  तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...

बैशाख १९, २०८१

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डीपी)ले आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धि गर्न सीपमूलक तालिम दिइने बताएका छन् । एक सय ३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड ...

पुस १३, २०८०

 पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्...

बैशाख २१, २०८१

काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन् । थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन् ।  महानगरले गत वर्षको भदौ अन्तिममा श्रम बैंक सुरु गरेको थियो ।...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x