२१ असार २०८३, आइतबार

ह्वाट्सएपले प्रयोगकर्तालाई दियो नयाँ फिचर

बैशाख २३, २०७९
ह्वाट्सएपले प्रयोगकर्तालाई दियो नयाँ फिचर

सामाजिक सञ्जाल प्लेटफर्म ह्वाटस्एपले नयाँ फिचर सार्वजनिक गरेको छ ।

कम्पनीले रिएक्सन फिचर थप गरेको हो । 

अब ह्वाट्सएप प्रयोगकर्ताले अन्य सामाजिक सञ्जालहरूमा जस्तै रिएक्सन गर्न पाउनेछन् । 

शुरूमा कम्पनीले ६ इमोजी अप्सन दिएको छ । ६ इमोजीमध्ये प्रयोगकर्ताले आफूलाई मन लागेको रिएक्ट गर्न पाउँछन् । 

ह्वाट्सएपले लव, लाइक, हाँसेको, धन्यवाद दिएको र सर्प्राइजवाला इमोजी रिएक्सनका लागि दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्