कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
बैशाख २५, २०७९
मधेश प्रदेशको राजधानी शहर जनकपुरधामको चुनावमा स्वतन्त्र उम्मेदवारले दलका उम्मेदवारलाई चुनौती दिइरहेका छन् ।
जनकपुर उपमहानगरपालिकाका लागि सत्तारूढ गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीले लालकिशोर साहलाई मेयरको उम्मेदवार बनाएको छ । जनकपुरमा कांग्रेस, जनता समाजवादी पार्टी, माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी सहकार्य गरेका छन् । तर वडा तहमा भने उनीहरूले गठबन्धन गरेका छैनन् ।
एमालेले शिवशंकर साहलाई उम्मेदवार बनाएर चुनावी मैदानमा उतारेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले मेयरमा उम्मेदवारी दिएका छन् ।
त्यसबाहेक, सीके राउत नेतृत्वको जनमत पार्टी, वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी आदिले पनि मेयरको उम्मेदवार खडा गरेका छन् ।
उनीहरूलाई चुनौती दिँदै परेको स्वतन्त्र उम्मेदवारीले जनकपुरको चुनावी मैदानमा रौनक थपेको छ । जनकपुरका चोक र चिया पसलहरूमा स्वतन्त्र उम्मेदवारको धेरै चर्चा हुने गरेको छ ।
गठबन्धनमा चित्त नबुझाएर कांग्रेसका नगर सभापति मनोज साह पदबाट राजीनामा दिएर चुनावी मैदानमा खडा भएका छन् ।
त्यसैगरी, यसअघि वडा नम्बर ७ को वडाध्यक्ष निर्वाचित भएका जानकीराम साह चुनावमा भिडिरहेका छन् ।
ठेकेदारीको पृष्ठभूमिबाट आएका बलराम महतोले पनि जनकपुरमा चुनावी गर्मीको पारो उकासिरहेका छन् ।
कांग्रेसका बागी मनोज
जनकपुरधाम उपमहानगरमा कांग्रेसले मेयरको उम्मेदवारी पाउँदा शतप्रतिशत जीत निकाल्न सक्ने विश्लेषणसहित चुनावी तयारीमा रहेको भए पनि गठबन्धनमा जसपालाई मेयरको सीट दिने सहमति भएपछि कांग्रेस बिच्किएको थियो । अघिल्लो चुनावमा कांग्रेस दोस्रो स्थानमा थियो ।
केही महिनाअघि निर्वाचित भएका नगरसभापति मनोज साहले गठबन्धन गर्ने केन्द्रको निर्णयलाई चुनौती दिए । गठबन्धन अस्वीकार गर्ने घोषणा उनले गरे । अन्ततः कांग्रेसको साधारण सदस्य समेत नरहने सार्वजनिक घोषणा गरेर उनले मेयरको उम्मेदवारी दर्ता गरे ।
उनी अहिले तीव्र चुनावी अभियानमा छन् । उनलाई साथ दिएजस्तो गरी जनकपुरको कांग्रेस नगर कमिटी पनि खुलेर गठबन्धनको उम्मेदवारका पक्षमा लागेको छैन । केन्द्रीय नेताहरूले गठबन्धनलाई सघाउन उनीहरूलाई व्यक्तिगत रूपमा टेलिफोन गरेर निर्देशन दिइरहेका छन् ।
मनोज साह भने कांग्रेसकै मतमा मेयर जित्ने दाबीसहित चुनावी प्रचारमा छन् । जनकपुरमा कांग्रेस जोगाउनका लागि आफूले मेयर पदमा उम्मेदवारी दिएको साहले बताए । ‘रुखबाहेक अन्त भोट हाल्नु कांग्रेसको नीतिविपरीत हो । हामीले अन्यत्र भोट हाल्यौं भने जनकपुरको कांग्रेस जोगाउन शेरबहादुर आउने त होइनन् । त्यसैले, कांग्रेस जोगाउनका लागि मैले उम्मेदवारी दर्ता गरेको हो । सबै कांग्रेसी मतदाता मेरो पक्षमा छन्’, साहले भने । जनकपुरमा कांग्रेस गठबन्धनमा नरहेको उनको दाबी छ ।
आफूले यसअघि पनि नगरपालिकामा प्रखर रूपमा प्रतिपक्षको भूमिका निर्वाह गरेको र त्यसलाई चुनावबाट जनताले अनुमोदन गरिदिने उनी बताउँछन् । ‘व्यापारी, ठेकेदार र व्यवसायी चुनावमा आएका छन् । तिनलाई जनताले मत दिँदैनन् । मधेशी दलसँगको सम्बन्धबाट जनता धेरै पर पुगिसके । कम्युनिस्टलाई जनकपुरले रुचाउँदैन । यी कारणले पनि जनकपुरमा मेरो उम्मेदवारी आवश्यक पर्यो’, साहले भने । त्यसबाहेक, मतदाताले अहिले पार्टीभन्दा पनि नगरको नेतृत्व गर्न सक्ने सक्षम अनुहार खोजिरहेको उनको दाबी छ ।
उनी राजनीतिक व्यक्ति भएको र टिकट पाएको भए चुनावको बलियो प्रतिस्पर्धी भएको जनकपुरका मतदाता बताउँछन् । तर बागी उम्मेदवार भएकाले उनीप्रति मतदाताको सकारात्मक मनस्थिति पाइन्छ । उनलाई निर्वाचन आयोगले घण्टाघर चुनाव चिह्न दिएको छ ।
जानकीराम साहलाई जातीय मतको आधार
यसअघि जनकपुर उपमहानगरपालिकाको वडा नम्बर ७ मा वडा अध्यक्ष निर्वाचित भएका जानकीराम साह पार्टीबाटै मेयरको उम्मेदवार बन्न चाहन्थे । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा रहेका उनी मेयरको टिकट पाउने आशामा एमाले प्रवेश गरेका थिए । तर एमालेले शिवशंकर साहलाई उम्मेदवार बनायो ।
एमालेबाट पनि टिकट नपाएपछि उनी स्वतन्त्र रूपमा उम्मेदवार बनेका छन् । वडा अध्यक्ष रहँदा उनले जनताको प्रशंसा बटुल्ने केही काम गरेको मधेश मामिलाका अभियन्ता एवं उक्त वडाका मतदाता सरोज मिश्र बताउँछन् ।
‘नगरपालिकाले वडालाई दिएको बजेट ३० लाख थियो । वडाले ५० लाखको काम गरेको छ । बाँकी पैसा जानकीराम साह आफैंले व्यवस्थापन गरेका थिए’, मिश्रले भने । त्यसबाहेक, साहले आफ्नै जग्गा दिएर वडा कार्यालय बनाएका थिए ।
साह इँटाभट्टा व्यवसायी हुन् । वडाको भवन बनाउन उनले आफ्नै भट्टाबाट निःशुल्क इँट्टा उपलब्ध गराएको स्थानीय बताउँछन् ।
‘उनको इमान्दारिता र काम गर्ने शैलीका कारण स्थानीय उनीप्रति आकर्षित छन् । व्यापारीहरू पनि उनको पक्षमा छन् । कतिपय व्यापारीहरूकै सल्लाहमा उनले मेयरको उम्मेदवारी दिएका हुन्’, मिश्रले बताए ।
वडाध्यक्ष हुँदा जानकीराम र तत्कालीन मेयर लालकिशोर साहको संघर्षपूर्ण सम्बन्ध थियो । मेयरको कार्यशैलीमा जानकीरामले निरन्तर प्रश्न उठाउँदै आएका थिए ।
एमबीबीएस अध्ययन गरिरहेका अनिकेत किशोर साहलाई चुनावमा सघाउन गाउँ फर्किएका छन् । उनी भन्छन्, ‘जानकारीराम साहले जुनसुकै पार्टीमा गएर टिकट किनेर ल्याउन सक्थे । करोडौं खर्च गरेर टिकट किन्न सक्ने हैसियत उनको छ । तर टिकट किनेपछि भ्रष्टाचार नै गर्नुपर्छ भनेर उनले टिकट किनेनन् । १५ सय रुपैयाँ खर्च गरेर उनले उम्मेदवारी दर्ता गरेका छन् । यस्ता उम्मेदवारलाई जिताउनुपर्छ भनेर खटिन आएको हुँ ।’
जनकपुरधाम नगरपालिकामा साहुजी समुदायको मतसंख्या धेरै छ । त्यसमा पनि तेली साहहरूको मात्रै करीब १७ हजार मत रहेको छ । उक्त समुदायबाट जानकीराम साह एक्लो उम्मेदवार हुन् । यो समुदायको पनि प्रशस्त मत उनलाई आउने मिश्र बताउँछन् ।
मेयर निर्वाचित भएमा जनकपुरको विकासमा प्रतिबद्ध भएर काम गर्ने योजना रहेको जानकीरामले बताए । ‘जनकपुर मधेश प्रदेशको राजधानी पनि हो । तर राजधानी अनुसारको विकास यहाँ हुन सकेन । नयाँ जनकपुर बनाउनका लागि मेरो उम्मेदवारी हो’, जानकीरामले भने, ‘वडाध्यक्ष भएर पनि मैले प्रशस्त काम गरेको छु । यो नै मेरो जित्ने आधार हो ।’
जनकपुरको फोहर व्यवस्थापनका लागि ल्यान्डफिल साइट, गुठी जग्गाको संरक्षण र जनकपुरको मुख्य शहरमा मासु र मदिरा बिक्री नियन्त्रण गर्ने आफ्नो मुख्य योजना रहेको उनले बताए ।
जानकीराम साहले लाल्टिन चुनाव चिह्न पाएका छन् ।
ठेकेदारी पृष्ठभूमिका बलराम
जनकपुरको मेयरमा ठेकेदारी पृष्ठभूमिका बलराम महतोले पनि उम्मेदवारी दर्ता गराएका छन् । चर्चित र कतिपय अवस्थामा विवादित समेत रहेको रमण कन्स्ट्रक्सन सञ्चालन गर्दै उनी निर्माण व्यवसायमा लागेका छन् । तर चुनावी प्रचारका क्रममा उनले आफ्नो कम्पनी छोराको नाममा नामसारी गरिसकेको बताउने गरेका छन् ।
आफू विशुद्ध रूपमा जनकपुरधामको विकासको एजेन्डा लिएर चुनावमा आएको महतोको भनाइ छ । एडीबीको सहयोगमा जनकपुरभित्रका सडक स्तरोन्नतिको काम उनैको कम्पनी रमण कन्स्ट्रक्सनले गरेको थियो । चुनाव प्रचारको क्रममा महतोले जनकपुरको सडक आफूले बनाएको समेत भन्न भ्याएका छन् । जनकपुरमा मेयरका अन्य उम्मेदवार भने पैसाको बलमा उनी मेयर बन्न आएको आरोप लगाउँछन् ।
तर महतो सामाजिक सेवाको उद्देश्यले चुनावी प्रतिस्पर्धामा रहेको बताउँछन् । ‘व्यवसाय गर्ने भए नगरपालिकाको बजेटभन्दा ठूलो बजेटमा काम गरिरहेको मान्छे हुँ । जनकपुरमा आफैंले बनाएको संरचना संरक्षण नभएको देखेर चुनावमा आएको हुँ । परियोजना बनाउने र बजेट ल्याउने उपाय जानकारी भएकाले जनकपुरको विकासको नेतृत्व गर्नसक्छु’, महतोले भने ।
महतोले अरू उम्मेदवार चाहिँ उपमहानगरको बजेटमा व्यवसाय गर्न आएको आरोप लगाए । ‘म पैसाको बलमा चुनाव लड्न आएको होइन । म समाजसेवी पनि हो । समाजसेवाको प्रशस्त काम गरेको छु । यो नै मेरो चुनाव जित्ने आधार हो’, महतोले भने ।
महतोले आँप चुनाव चिह्न पाएका छन् । ‘आमका सीजन, बलरामका भिजन’ भन्ने चुनावी नारा उनले ल्याएका छन् ।
विवादको भुमरीमा लालकिशोर साह
गठबन्धनले उम्मेदवार बनाएका निवर्तमान मेयर लालकिशोर साह जनकपुरको शहरी क्षेत्रमा तीव्र आलोचित छन् । उनी आफैं भने पाँच वर्षमा जनकपुरधाम उपमहानगरलाई समृद्ध सांस्कृतिक शहर बनाउन भरमग्दुर प्रयास गरेको बताउँछन् । तर शहरवासी भने उनले कामै नगरेर पाँच वर्ष बिताएको आरोप लगाउँछन् ।
साहले मेयर हुँदा पिडारी चोकमा शहीदगेट बनाएका छन् । त्यहाँ मधेश आन्दोलनका शहीदको सालिक राखिएको छ । धनुष आकारमा बनाइएको गेटमा भगवान रामको प्रतिमा पनि छ । गेटको बनोट र लगानीको विषयलाई लिएर साह तीव्र आलोचित छन् ।
तर साह भने आफूले मेयर जितेमा अन्य तीनवटा यस्ता प्रवेशद्वार बनाउने योजना सुनाउँछन् । ‘जनकपुर प्रवेशको एउटा नाकामा हामीले भगवान रामको प्रतिमा सहितको गेट बनाएका छौं । अन्य तीनवटा नाकामा पनि जनक, सीता तथा सदानन्दको प्रतिमासहितको गेट बनाउने योजना छ’, साहले भने ।
त्यसबोहक, शहरको फोहर व्यवस्थापनको काम गर्न नसकेको भनेर साहको आलोचना हुने गरेको छ ।
जनकपुरको सडकको स्तरोन्नतिसँगै फोहर व्यवस्थापनका लागि ल्यान्डफिल साइट समेत बनाउने गरी एसियाली विकास बैंकसँगको ऋणमा परियोजना अघि बढाइएको थियो ।
ल्यान्डफिल साइटकै कारण उक्त परियोजना विवादित बनेपछि त्यसलाई स्थगित गरेर परियोजना अघि बढाइएको थियो । तर साहको कार्यकालभरि ल्यान्डफिल साइट व्यवस्थापनको काम अघि बढ्न सकेन । कर्मचारी अभावको कारण शहरको फोहर व्यवस्थापनमा सोचेजति सफल नभएको साहले स्वीकार गरे ।
जनकपुरका मतदाता सरोज मिश्र भन्छन्, ‘लालकिशोर साहले जनताको मन छुने एउटा पनि काम गरेका छैनन् । देखिने काममा एउटा शहीदगेट छ । त्यो शहीदगेट नभई विवादित गेट र कमाउने गेट मात्रै हो । त्यसमा साढे चार करोडको खर्च देखाइएको छ, जुन अविश्वसनीय छ ।’
अनुहारको खोजी
जनकपुरका जनताले यसपटकको निर्वाचनमा जनकपुरको समृद्धिको नेतृत्व गर्न सक्ने नयाँ अनुहार खोजेको स्थानीय मतदाता बताउँछन् ।
‘दलबाट आजित भएका मतदाताको मत स्वतन्त्र उम्मेदवारलाई जानसक्छ । कांग्रेसलाई भोट हाल्दै आएका धेरैले बागी उम्मेदवारलाई नै मत दिन सक्छन् । उनीसँग भावनात्मक सम्बन्ध हुन्छ । त्यसबाहेक, कतिपय मतलाई उम्मेदवारको पैसाले पनि प्रभावित पार्न सक्छ’, जनकपुरका बुद्धिजीवी जिवेश झा भन्छन् । त्यति हुँदा पनि मतदाताले अझै योग्य उम्मेदवार पाउन नसकेको छलफल स्थानीय स्तरमा हुने गरेको उनले बताए ।
मिश्र पनि जनताले खोजेको जस्तो उम्मेदवार दलले दिन नसकेका कारण स्वतन्त्र उम्मेदवार बढी देखिएको बताउँछन् । ‘यसपटक जनताको मनस्थिति पार्टी नहेरेर काम गर्न सक्ने व्यक्ति रोज्ने भन्ने देखिएको छ । स्वतन्त्र उम्मेदवारलाई जिताएर पठाइयो भने भविष्यमा पार्टीहरूलाई पनि सुध्रिन दबाब हुन्छ’, मिश्रले भने ।
एमालेको बलियो उम्मेदवार तर छैन संगठन
व्यावसायिक पृष्ठभूमिको व्यक्ति भए पनि एमालेले उपमहानगरको चुनावमा स्वच्छ छविको व्यक्तिलाई उम्मेदवार बनाएको छ । तर जनकपुरमा चुनाव जित्ने गरी एमालेको संगठन बनिसकेको छैन ।
एमालेले चुनावी मैदानमा शिवशंकर साह (हिरा)लाई मेयरको उम्मेदवार बनाएर पठाएको छ । उद्योग वाणिज्य संघमा रहँदा उनले गरेको कामले जनकपुरका व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरू उनीसँग सकारात्मक रहेको झाले बताए ।
‘पार्टीबाहिरको पनि केही स्वतन्त्र मत उनले बटुल्न सक्छन् । अघिल्लोपटक चुनाव प्रचार नै गर्न पाएका थिएनन् । अहिले खुलेर प्रचार गर्ने वातावरण छ । एमाले अध्यक्षप्रतिको आकर्षण त देखिएको छ तर चुनावै जित्ने माहोल भने बनिसकेको छैन’, झाले भने ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...