
गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच अन्तिम समयमा तालमेल भएको छ । मंगलवार दुई पार्टीबीच चुनावी तालमेल भएको हो ।
प्रमुखमा एमालेले जसपालाई र उपप्रमुखमा जसपाले एमालेका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरिएको छ ।
साथै वडा नं. ६, ७ र १० मा एमालेलाई र वडा नं. ४ र ५ मा जसपालाई सघाउने पनि सहमति गरिएको छ ।
पालुङटार जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको गृहनगर हो ।
