
चिनियाँ लेखक लाओ माद्वारा लिखित ‘एक असाधारण अन्तर्वार्ता’ कथा संग्रह प्रकाशनमा आएको छ ।
युयुत्सु आरडी शर्माद्वारा अनुदित सो संग्रहमा चीनको बेजिङस्थित रेनमिन विश्वविद्यालयका प्राध्यापक तथा विश्वप्रसिद्ध कथाकार ‘मा चुन्ची’ का शीर्षकथालगायत ६ कथा समाविष्ट छन् ।
निराला पब्लिकेसन्स नयाँदिल्लीद्वारा प्रकाशित सो संग्रहका कथाहरू अतीतावलोकन(पुरानो स्मृतिलाई अगाडि ल्याउने) गरी प्रस्तुत गरिएको छ ।
धेरै पुरस्कारहरू प्राप्त प्रा मा पूर्वस्मृति शैलीमा प्रख्यात आख्यानकार हुन् । हालसम्म उनका कृति २० भन्दा बढी भाषामा ४० देशमा ६० औँ संस्करणसम्म पनि प्रकाशन भएका छन् ।
अनुवादक शर्माले नेपाली समाजसँग पनि मिल्दाजुल्दा ती कथाहरूमा चीनको सांस्कृतिक परिवर्तनदेखि आधुनिक विकाससम्मको पृथक परिचय पाइने बताए ।