११ साउन २०८३, सोमबार
स्थानीय चुनाव

रुकुमपश्चिमको मुसिकोट गाउँपालिकामा कांग्रेसद्वारा माओवादीमाथि आक्रमण, दर्जनौं घाइते, केहीको अवस्था गम्भीर

बैशाख ३०, २०७९
रुकुमपश्चिमको मुसिकोट गाउँपालिकामा कांग्रेसद्वारा माओवादीमाथि आक्रमण, दर्जनौं घाइते, केहीको अवस्था गम्भीर

रुकुमपश्चिममा नेपाली कांग्रेसले माओवादी केन्द्रका कार्यकर्तामाथि आक्रमण गरेको छ । 

मुसिकोट नगरपालिका–१ का माओवादी कार्यकर्ताहरूलाई भोट हाल्न जाने क्रममा कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका हुन् । 

आक्रमणमा परी माओवादी कार्यकर्ताहरू करण बोहरा (३२), गणेश बोहरा (२३), राजकुमार रावल (२५), उदिराम बोहरा (१९), विनाराम बोहरा (४८), ओपिराम बोहरा (१९) र छविलाल बोहरा (२५) घाइते भएका छन् । 

अधिकांशको अवस्था गम्भीर छ । रुकुममा उपचार हुन नसकेपछि केही घाइतेहरूलाई नेपालगञ्ज लगिँदैछ । 

घाइतेहरूको उपचार र रेखदेखमा अर्थमन्त्री एवं माओवादी नेता जनार्दन शर्मा खटिएका छन् । 

आफ्ना कार्यकर्तामाथि आक्रमण भएपछि उनी दिनभर नै कार्यकर्ताको सुरक्षा र घाइतेहरूको उद्धारमा खटिएका थिए । 

यसअघि बाँफीकोट गाउँपालिका अध्यक्षका कांग्रेस उम्मेदवार जनककुमार बाँठा मगर चढेको गाडीले ठक्कर दिँदा ७ नम्बर वडाका ७० वर्षीय प्रवीण खत्रीको मृत्यु भएको थियो । मतदान केन्द्रको स्थलगत निरीक्षणका लागि जाँदै गरेका बाँठा चढेको गाडीले ठक्कर दिँदा मतदानका लागि जाँदै गरेका खत्रीको मृत्यु भएको हो । 

नेकपा माओवादी केन्द्र रुकुमले कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवारले नै गाडी चलाएर आफ्ना कार्यकर्ताको हत्या गरेको आरोप लगाएको छ । 

निर्वाचनको दिन शुक्रवार भएका घटनाहरू नियोजित भएको माओवादीको दाबी छ ।

माओवादी केन्द्रले घटनाको विरोध जनाउँदै सरकारी सुरक्षा संयन्त्रको आड र मौन समर्थनमा आफ्ना कार्यकर्ताहरूमाथि आक्रमण गरेको आरोप लगाएको छ ।

 

 

salt training

कमेन्ट गर्नुहोस्