
मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेले जीतको खाता खोलेको छ ।
गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन् । यसअघि पनि उनी अध्यक्ष थिए ।
घलेले ३ सय २० मत ल्याएका छन् ।
उनका प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत ल्याएका छन् ।
उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकी छन् । उनले ३ सय २५ मत ल्याइन् ।
प्रतिद्वन्दी एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत ल्याइन् ।
चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार औपचारिक घोषणा हुन भने बाँकी छ ।
चामे गाउँपालिकामा ७ सय ११ मतदाता रहेकोमा ६ सय १० मत अर्थात ८५ दशमलव ७९ प्रतिशत मत खसेको थियो ।