जेठ १३, २०७९
वरिष्ठ अधिवक्ता उपाधिका लागि फौजदारी अभियोग लागेकादेखि मापदण्ड पूरा नभएका अधिवक्ताहरूको समेत नाम सिफारिश भएको खुलेको छ । वरिष्ठ अधिवक्ता सिफारिशका लागि सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको नेत...
काठमाडाैं | बैशाख ३१, २०७९
काठमाडौं जिल्लाका १० नगरपालिका मध्ये ७ वटामा मतगणना शुरू भएको छ । प्रारम्भिक मतगणनामा कांग्रेसले धेरै ठाउँमा लीड गरेको छ ।
शुरू भएकामध्ये ४ नगरपालिकामा कांग्रेस, ३ नगरपालिकामा एमाले र १ नगरपालिकामा राप्रपाले अग्रता लिएका छन् ।
किर्तिपुरमा नेपाली कांग्रेसका राजकुमार नकर्मी ४२७ मतसहित अग्रस्थानमा छन् । एमालेका केशवरत्न बज्राचार्यले २ सय ८० मत प्राप्त गरेका छन् ।
कागेश्वरी मनोहरामा कांग्रेसका उपेन्द्र कार्की १५३ मतसहित अग्रस्थानमा छन् भने एमालेका रामशरण ढुंगाना १४१ मतसहित दोस्रो स्थानमा छन् ।
गोकर्णेश्वरमा एमालेका उद्धव विष्ट ७५२ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका दिलिप रिसालले ६८३ मत प्राप्त गरेका छन् ।
टोखा नगरपालिकामा एमालेका प्रकाश अधिकारी ९९ मतसहित अग्रस्थानमा छन् भने कांग्रेसकी रजनी थापाले ६५ र माओवादीका शेखर श्रेष्ठले १३ मत पाएका छन् ।
तारकेश्वर नगरपालिकामा नेपाली कांग्रेसका कृष्णहरि महर्जन २६५ मतसहित पहिलो र एमालेका रामेश्वर बोहरा १५० मतसहित दोस्रो स्थानमा छन् ।
बूढानीलकण्ठमा एमालेका मीठाराम अधिकारी ७७८ मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका विनोद चालिसे ४२८ मतसहित दोस्रो स्थानमा छन् ।
शंखरापुरमा राप्रपाका रमेश नापित १७५ मतसहित अगाडि छन् भने १७१ मतसहित कांग्रेसका कृष्णलाल बजगाईं दोस्रो स्थानमा छन् । नेकपा एसका लक्ष्मीप्रसाद श्रेष्ठले १४८ मत प्राप्त गरेका छन् ।
चन्द्रागिरीमा नेपाली कांग्रेसका घनश्याम गिरीले १८२ र एमालेका उत्तम राउतले ५१५ मत प्राप्त गरेका छन् । दक्षिणकाली र नागार्जुन नगरपालिकामा मतगणना शुरू भएको छैन ।
वरिष्ठ अधिवक्ता उपाधिका लागि फौजदारी अभियोग लागेकादेखि मापदण्ड पूरा नभएका अधिवक्ताहरूको समेत नाम सिफारिश भएको खुलेको छ । वरिष्ठ अधिवक्ता सिफारिशका लागि सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको नेत...
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ कैदीको कैद सजाय माफी मिनाहा गरेकी छन् । गणतन्त्र दिवसका अवसरमा सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको...
गृहमन्त्रालयले ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिश गरेसँगै डीआईजीका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको दौडधूप शुरू भएको छ । भर्खरै ...
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले शुक्रवार संसदमा बोलेका शब्द रेकर्डबाट हटाउनु पर्ने नेकपा एमालेको अडानका कारण १५ मिनेटका लागि स्थगित प्रतिनिधि सभाको बैठक बस्न ढिलाई भएको छ । १५ मिनेटका लागि भ...
नेकपा एमालेका महासचिव शंकर पोखरेलले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउनेगरी सर्वोच्च अदालतले गरेको फैसला न्यायिक दृष्टिले त्रुटिपूर्ण रहेको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले बिहीवार निजगढ विमानस्थल...
दुर्घटनामा घाइते भएकी चितवन भरतपुर महानगरकी मेयर रेनु दाहालको अवस्था खतरामुक्त रहेको छ । शुक्रवार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडि गाडी दुर्घटनामा परेको थियो । टायर पञ्चर भ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...