
नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिको गाउँ नगराइन नगरपालिकामा नेपाली कांग्रेसले अग्रता ल्याएको छ।
धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। १ सय मत गन्दा नेपाली कांग्रेसका मेयर उम्मेदवार विनय कुमार यादवले ६२ मत ल्याएका छन भने नेकपा एमालेका उम्मेदवार रामबाबु पंजियारले ३० मत ल्याएका छन्। त्यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मेयर उम्मेदवार राजेश चौधरीले ४ मत मात्र ल्याएका छन ।
त्यसैगरी, उपमेयरमा पनि नेपाली कांग्रेसकी रंजु कुमारी साहले ५४ मत ल्याएर अग्रता ल्याएकी छिन भने नेकपा एमालेकी राधा देवी यादवले ३४ र लोसपाकी उर्मिला देवी मण्डलले ४ मत ल्याएकी छिन्।