०९ साउन २०८३, शनिबार
स्थानीय चुनाव

लोमान्थाङ गाउँपालिकामा एमालेका गुरूङ विजयी

बैशाख ३१, २०७९
लोमान्थाङ गाउँपालिकामा एमालेका गुरूङ विजयी

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा एमालेका टसी न्हर्वु गुरूङ निर्वाचित भएका छन् । 

उनले कांग्रेसका टसी गुरूङलाई पराजित गरेका हुन् । 

एमालेका गुरूङले ६६८ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका गुरूङले ५१४ मत मात्रै ल्याएका छन् । 

त्यसैगरी, उक्त गाउँपालिकाको उपाध्यक्षमा एमालेको छ्युमी विष्ट गुरूङ विजयी भएकी छन् । उनले ६२७ मत ल्याएकी छन् । उनकी प्रतिस्पर्धी कांग्रेसका छिरिङ ढोका गुरूङले ५२९ मत ल्याएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्