
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा मेयरमा एमाले उम्मेदवारको अग्रता कायमै रहँदा उपमेयरमा काँग्रेस उम्मेदवार अघि बढेका छन् ।
हालसम्म दमकमा २१५९ मत गणना भएको छ । त्यसमा एमाले मेयरकी उम्मेदवार गीता अधिकारीले ९५९ मत पाएकी छन् भने महागठबन्धनबाट राप्रपा उम्मेदवार राम थापाले ८९५ मत पाएका छन् ।
उपमेयरमा महागठबन्धनबाट काँग्रेस उम्मेदवार रेगिना भट्टराईले ८८६ मत पाउँदा एमाले उम्मेदवार अम्बिका खनालले ८४४ मत पाएका छन् ।