
सल्यानको कपुरकोट गाउँपालिकामा नेकपा एकीकृत समाजवादी (एस)ले जीत हात परेको छ ।
यसअघि उदयपुरको उदयपुरगढीमा पहिलो जीत हात पारेको नेकपा एसले कपुरकोटमा दोस्रो जीत दर्ता गरेको हो ।
पालिका अध्यक्षमा नेकपा एसका दुर्गाबहादुर पुनले ३ हजार १६० मतसहित निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भिमबहादुर सेनले २ हजार ९३६ मत प्राप्त गरे ।
यस्तै नेपाली कांग्रेसका विष्णुप्रसाद शर्माले १ हजार ५७२ मत प्राप्त गर्दा राष्ट्रिय जनमोर्चाका तुल्सीराम योगीले २७ मत ल्याए ।
गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रकाश भरारी ३ हजार २४० मतसहित निर्वाचित भए ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भिमा बुढाथोकीले २ हजार ७४५ मत ल्याउँदा कांग्रेसकी ओकी महताराले १ हजार ५२९ मत ल्याइन् ।