
चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालले २०७ मतान्तरले अग्रता कायम गरेकी छन् ।
१९ हजार ४८३ मत गनिसक्दा गठबन्धनका तर्फबाट माओवादीकी मेयर उम्मेदवार रेनुले ६५६६ मत पाएकी छन् ।
नेकपा एमालेका विजय सुवेदीले ६३५९ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३१९९ मत पाएका छन् ।