
रौतहटको गौर नगरपालिकामा नेकपा (एस)ले जीत हात पारेको छ ।
नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालको गृह जिल्ला तथा निर्वाचन क्षेत्र समेत रहेको गौरमा एकीकृत समाजवादीले आफ्नो दबदबा कायम गर्न सफल भएको हो ।
प्रमुखमा नेकपा (एस)का शम्भु साह ६ हजार ३८१ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका अजयकुमार गुप्ताले ३ हजार ७५५, नेपाली कांग्रेसका मोहनकुमार यादवले ३ हजार २११ मत ल्याएका छन् ।
त्यसै गरी उपप्रमुखमा पनि नेकपा (एस)की शैलकुमारी साह ४ हजार ८०९ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शाहजान खातुनले ३ हजार ६८५ र लोसपाकी उषा झाले २ हजार ५६० मत ल्याएकी छन् ।