०३ साउन २०८३, आइतबार
स्थानीय तह निर्वाचन

कञ्चनरुप नगरपालिकाको मेयर र उपमेयर दुवैमा कांग्रेसका उम्मेदवार निर्वाचित

कञ्चनरुप नगरपालिकाको मेयर र उपमेयर दुवैमा कांग्रेसका उम्मेदवार निर्वाचित

सप्तरीको कञ्चनरुप नगरपालिकाको मेयर र उपमेयर दुबैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 

मेयर पदमा कांग्रेसका ललन प्रसाद गुप्ता ७ हजार ८८९ मत सहित निर्वाचित भए । 

 उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) का भोला कुमार पासवानले ५ हजार ७०४ मत ल्याए ।

उपमेयरमा पनि कांग्रेसकै मुना पोखरेल निर्वाचित भएकी छन् । 

उनी ७ हजार ७४ मत ल्याएर निर्वाचित भइन् । 

उनको निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार कल्पना चौधरीले ५ हजार ५४७ मत प्राप्त गरिन् ।

यसअघि २०७४ सालको निर्वाचनमा यो पालिकामा नेकपा एमालेका बसन्त मिश्र मेयरमा निर्वाचित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्