१० साउन २०८३, आइतबार

पहिला जोसँग हारे, अहिले उसैलाई हराए

पहिला जोसँग हारे, अहिले उसैलाई हराए

२०७४ को स्थानीय तहको निर्वाचनमा ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार जयप्रकाश गच्छदार निर्वाचित भएका छन् ।

अहिलेको चुनावमा पूरानै प्रतिस्पर्धीलाई पछि पारेर उनी निर्वाचित भएका हुन् ।  

पाँच वर्षअघि आफ्नो पोल्टामा पार्न नसकेको नतिजा पाँच वर्ष पछि उल्ट्याएर  ग्रामथान गाउँपालिको अध्यक्षमा गच्छदार निर्वाचित भएका हुन् । 

यस पटकको  गच्छदारले भारी मत अन्तरले एमालेका उम्मेदवार शिव नारायण माझीलाई पराजित गर्दै ग्रामथान गाउँपालिको अध्यक्षमा निर्वाचित भए । 

अध्यक्षमा निर्वाचित भएका गच्छदारले  ७ हजार ६ सय ५  मत ल्याएर निर्वाचित हुँदा एमालेका उम्मेदवार माझीले ६ हजार ९३ मात्र मत ल्याएका छन् । 

गाउँपालिको उपाध्यक्षमा एमालेकी उम्मेदवार गुणावती देवी थारु निर्वाचित भएकी छिन् । उनले ६ हजार १ सय २३ मत ल्याएकी निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी भुखनाी कुमारी माझीले ५ हजार ४ सय ४८ मत प्राप्त गरिन् ।

अघिल्लो चुनावमा एमालेका उम्मेदवार शिव नारायण माझीले गच्छदारलाई ५९ मतले पछि पार्दै ग्रामथान गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए । २०७४ को स्थानिय तहको निर्वाचनमा माझीले ४ हजार ७ सय २० मत ल्याएर गाउँपालिको अध्यक्षमा विजयी हुदा प्रतिस्पर्धी काँग्रेसका गच्छदारले ४ हजार ६ सय ६१ मत पाएका थिए । गच्छदार अघिल्लो चुनावमा झिनो मत अन्तरले पराजित भएका थिए ।

७ वटा रहेको ग्रामथानमा पाँचमा एमाले, काँग्रेस र माओवादी केन्द्रले १/१ वडा जितेका छन् । ग्रामथान १ मा काँग्रेसका सुरेश कुमार माझीले ७१८, २ मा एमालेका यादव खतिवडाले १२९५,  ३ मा माओवादीका रमेश कुमार भगले ६७४ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । यस्तै ४ मा एमालेका बद्रि नारायण माझी, ५ मा एमालेका भेष नारायण चौधरीले १५५९, ६ मा एमालेका वीर नारायण चौधरीले ८८३ र ७ मा एमालेका विरेन्द्र चौधरीले १०७३ मत ल्याएर वडाअध्यक्षमा जितेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्