×

NMB BANK
NIC ASIA

युक्रेनलाई अमेरिकाले दिएको ४० अर्ब डलर बालुवामा पानी हालेजस्तो !

जेठ ६, २०७९

NTC
Premier Steels

रुसले युक्रेनविरुद्ध गत फेब्रुअरी २४ मा सैन्य कारवाही चलाएपछि अमेरिकाले युक्रेनलाई विभिन्न किसिमका सरसहायता उपलब्ध गराउँदै आएको छ । हातहतियार, गोलीगट्ठा र गुप्तचर सूचना युक्रेनमा लगातार आइरहेका छन् । 

Muktinath Bank

आम अमेरिकीहरूका लागि जीवनयापन कष्टकर भइरहेको बेलामा त्यहाँको संसद्ले युक्रेनको सहायताका लागि ४० अर्ब डलर बराबरको सहायता उपलब्ध गराउन सरकारलाई स्वीकृति दिएको छ । तर युक्रेनमा व्याप्त भ्रष्टाचार तथा पश्चिमी हतियारहरूको विनाश हेर्दा यस सहायताको कुनै अर्थ नरहने देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकी संसद् कंग्रेसले यसअघि १३.६ अर्ब डलर युक्रेनलाई दिन स्वीकृति दिइसकेको छ । लगभग ५४ अर्ब डलर रकम भनेको रुसको रक्षा बजेटको ८१ प्रतिशत जति हुन आउँछ । 


Advertisment
Nabil box
Kumari

रुसी सेनामाथि युक्रेनको विजयका लागि अमेरिकाले गम्भीर तथा प्रतिबद्ध प्रयास गरिरहेको भए पनि अहिले उपलब्ध गराएको सैन्य सहायता अर्थहीन देखिएको छ किनकि युद्धसामग्रीहरू युक्रेन आइपुग्नेबित्तिकै रुसी आक्रमणका कारण ध्वस्त हुनेछन् । 

Vianet communication

युक्रेन संसारको सबभन्दा भ्रष्ट मुलुकमध्ये एक हो । युद्धका कारण भ्रष्टाचारको प्रवृत्ति परिवर्तन भएको कुनै संकेत पाइँदैन । त्यसैले अमेरिकाबाट पाएको लगभग ५४ अर्ब डलर युक्रेनी सेना, धनाढ्य र सरकारी अधिकारीहरूले भ्रष्टाचार गरेर आफ्नो गोजी भर्नेछन् भनी अपेक्षा गर्न सकिन्छ । 

लगभग १४ अर्ब डलर अप्रत्यक्ष रूपमा युक्रेन सरकारकहाँ पुग्नेछ र त्यसले मन्त्रालयहरू सञ्चालन गरिनेछन् । लगभग साढे ४ अर्ब डलर आकस्मिक खाद्यान्नका लागि खर्च गरिनेछ । अनि ९० करोड डलर आवास निर्माण, अंग्रेजी भाषाको तालिम र युक्रेनी शरणार्थीहरूको आघात उपचारमा खर्च गरिनेछ । 

द न्युयोर्क टाइम्स पत्रिकाका अनुसार, अमेरिकाले युक्रेन सरकारप्रति अभूतपूर्व दयामाया देखाइरहेको छ जबकि आफ्नै देशको अर्थतन्त्रलाई चुस्तदुरुस्त बनाउन ऊ सकिरहेको छैन । अहिले अमेरिकामा मूल्यवृद्धि आकासिएको छ, इन्धनको मूल्यले नयाँ कीर्तिमान छोइरहेको छ र खाद्यान्नको मूल्य गरीबको पहुँचबाहिर पुगिरहेको छ ।

आठ दिनअघि रिपब्लिकन सिनेटर र्‍यान्ड पलले युक्रेनलाई थप सहायता दिने विधेयकको विरोध गरेका थिए । उनले भनेका थिए, ‘अमेरिकी अर्थतन्त्रलाई धरापमा पारेर हामी युक्रेनलाई बचाउन सक्दैनौं ।’ तर पलले विरोध गरे पनि युक्रेन सहायता विधेयक पारित भइसकेको छ ।

सहायता प्याकेज उदारवादी देखिए पनि वाशिङटनले यो काम परोपकारका लागि कहिल्यै गर्दैन । यी सबै सहायताहरूमा कुनै न कुनै शर्त अवश्य जोडिएको छ । मे महिनाको आरमभतिर बाइडनले युक्रेनमा अमेरिकी हतियार पठाउनका लागि युक्रेन डेमोक्रेसी डिफेन्स लेन्ड–लीज याक्ट नामक कानूनमा हस्ताक्षर गरेका थिए । 

लेन्ड–लीज याक्ट दोस्रो विश्वयुद्धमा साझेदार मुलुकहरूलाई हतियार दिनका लागि उपयोग गरिएको थियो । त्यसबेला अमेरिकाले बेलायत, सोभियत संघ, फ्रान्स र चीनलाई हतियार, रणनीतिक सामग्री र खानेकुरा उपलब्ध गराएको थियो । तर यी सहायता प्याकेजका कारण बेलायतले ३१.४ अर्ब डलर र सोभियत संघले १०.९ अर्ब डलर ऋण काढेको थियो । वाशिङटनले बेलायतको ऋण माफ गरिदिएको भए पनि रुसले सन् २००६ मा मात्र आफ्नो ऋण चुकाउन सकेको थियो । 

युक्रेनले आफूलाई दिएको ऋण चुक्ता गर्ने सोचेको छैन किनकि व्यापक भ्रष्टाचारका कारण युक्रेनी अर्थतन्त्र लडखडाइरहेको छ । वाशिङटनले लेन्ड–लीज याक्टअन्तर्गत दिएको ऋणको भरपाई अवश्य माग्नेछ । सस्तो कृषि उत्पादन, युक्रेनी भूमिमा सैन्य अड्डा राख्ने अधिकार, पश्चिमी मुलुकहरूलाई फाइदा गराउने परियोजनाको कार्यान्वयन लगायतका उपाय अपनाएर अमेरिकाले आफ्नो पैसा उठाउनेछ । अहिले नै युक्रेनको गहुँ उत्पादनमा अमेरिकाले कब्जा गर्न खोजेको छ । 

यस्तो सशर्त सहायतामार्फत युक्रेनले शान्तिपूर्ण समाधान नखोजी रुसविरुद्धको युद्धलाई तन्काइरहनेछ । यसले आम युक्रेनीहरूको पीडा बल्झाइरहनेछ किनकि मानवीय सहायताको अधिकांश भाग भ्रष्ट अधिकारीहरूले आफ्नो गोजीमा राख्नेछन् अनि सैन्य उपकरणहरू युक्रेनी भूमिमा आइपुग्नेबित्तिकै रुसी सेनाले नष्ट गर्नेछ । यो ऋण युक्रेनका करदाताहरूले नै चुक्ता गर्नुपर्ने हुन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x